बिहीबार, असार ११,२०८३ 02:33:32
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:33:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक

Laxmi Sunrise Bank Limited
प्रमुख वित्तीय सूचकहरुमा सांग्रिला बैंकको आकर्षक सुधार: लाभांश क्षमता डबल डिजीट नजिक

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकलाई प्रमुख वित्तीय सूचकहरुमा विगतमा देखिएका खराब अवस्थामा आमूल सुधार गर्दै करिब दोहोरो अंकको लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  

आर्थिक मन्दी, बैंकिंग विजिनेशमा आएको संकट र खराब कर्जाको थुप्रोका कारण प्रमुख वित्तीय सूचकहरुमा देखिएका कैयन दवाबहरुलाई कम गर्दै राष्टिय स्तरको यो विकास बैंकले वितरणयोग्य मुनाफासहितका प्रमुख वित्तीय सूचकहरुमा निकै राम्रो प्रगति गरेको देखिएको हो ।  

बैंकले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा २४ करोडभन्दा केही बढी आर्जन गरेको हो । चौथो त्रैमाससम्मको यात्रा पनि यही रफ्तारले अगाडि बढेमा चालु आर्थिक वर्षका लागि बैंकले ९.०१ प्रतिशतको लाभांश वितरणको क्षमता बनाएको देखिएको छ । 

New Office
CG Motors
Garima Development Bank

अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ६ करोडले ऋणात्मक थियो ।  

बैंकको समीक्षा अवधिसम्मको खूद मुनाफा ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो मुनाफा २६ करोड ९३ लाखमा सीमित थियो ।  

अघिल्लो वर्ष ३८ करोड ६८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ६२ करोड १८ लाख रुपैयाँको  उचाईमा पुगेको छ ।  

यसरी सञ्चालन मुनाफा चालु आर्थिक वर्षको गत त्रैमासको तुलनामा ११९ दशमलव ५४ प्रतिशत र गत आर्थिक बर्षको चैत मसान्तको तुलनामा ६० दशमलव ७४ प्रतिशतले बढी हो । खुद मुनाफा, चालु आर्थिक बर्षको गत त्रैमासको तुलनामा १२० दशमलव ९१ प्रतिशतले र गत आर्थिक बर्षको तेस्रो त्रैमासको तुलनामा ६१ दशमलव १९ प्रतिशतले धेरै हो ।

अघिल्लो वर्ष यही अवधिमा १ अर्ब ४४ करोड माथि रहेको खूद ब्याज आम्दानी सामान्य घटी १ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । नियामकीय लचकता र राहातका कारण सम्भावित कर्जा नोक्सानीबापत छुट्याउनुपर्ने इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ४० करोडबाट घटेर २५ करोड ५६ लाखमा सीमित भएका कारण समेत नाफा बढाउन बैंक सफल बनेको देखिन्छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नाफामा सुधार भएसँगै वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि निकै राम्रो सुधार भएको छ । जसअनुसार अघिल्लो वर्षको यही अवधिसम्म १० रुपैयाँ ४७ पैसामा सीमित इपीएस बढेर १६ रुपैयाँ २८ पैसाको उचाईमा पुगेको छ ।  

समीक्षा अवधिमा बैंकको रिटर्न अन इक्विटी १० दशमलव ९३ प्रतिशत पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिमा ७ दशमलव ७६ प्रतिशत थियो ।

बैंकले खराब कर्जा पनि क्रमशः घटाउँदै लगेको देखिन्छ । चालु आर्थिक वर्षको गत त्रैमासमा ४ दशमलव ९९ प्रतिशतमा रहेको बैंकको खराब कर्जा अनुपात तेस्रो त्रैमासमा ४ दशमलव ९७ प्रतिशतमा झरेको छ । यो राम्रो संकेत हो ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ५६ अर्ब ६१ करोड  कुल निक्षेप संकलन गरेको छ जुन गत आर्थिक वर्षको तुलनामा १ दशमलव ८४ प्रतिशतले बढी हो । यस्तै बैंकले तेस्रो त्रैमासमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ जुन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव २३ प्रतिशतले बढी हो ।

सुधारसँगै यस डेभलपमेन्ट बैंकको जगेडा कोष बृद्धि भएर १ अर्ब ८६ करोड ९३ लाख ३ हजार ३३ रुपैयाँभन्दा बढी पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ रु. १५२.५६, पीई रेसियो २४.५१ गुणा,  तरलता अनुपात २४.८१ प्रतिशत, सम्पत्तिमा प्रतिफल ०.९१ प्रतिशत, आधार दर ७.४५ प्रतिशत कायम भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.