मंगलवार, असार १६,२०८३ 10:23:42
Bizshala
  • मंगलवार, असार १६,२०८३ 10:23:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्री ल्यान्सर सेभिङ अकाउन्टको सुरुवात

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुक्तानी सेवा र फ्री ल्यान्सर सेभिङ अकाउन्टको सुरुवात

काठमाण्डौ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा सेवा प्रवाह गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज २०८२ बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ वर्षमा प्रवेश गरेको छ । बैंकले विभिन्न कार्यक्रम आयोजना गरेर आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ ।  

यस अवधिमा बैंकले १८ लाख ७९ हजार गा्रहकलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप कबिव रु २ खर्ब २ अर्ब रहेकोमा कर्जा तर्फ रु १ खर्ब ७३ अर्ब परिचालन गरेको छ ।

बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा आज बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९२१ कर्मचारीहरुको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

साथै संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत बैंकले ‘रतmदान नै जिवनदान’भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भएपनि पुरा होस्citizensभन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी र हिमाल हस्पिटल सँगको सहकार्यमा सातवटै प्रदेशका कूल ३३ शाखाहरुबाट करिब ९१३ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राखि “Brick Banking to Click Banking”भन्ने मूल मन्त्र लाई आत्म साथ गर्दै सिटिजन्स मोबाईल बंैकिङ एपमार्फत ट्याप एन्ड पे सेवा तथा नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर भुतmानी सेवा सञ्चालनमा ल्याइएको छ । सिटिजन्स बैंकका मोबाईल बंैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बंैकिङ सेवा मार्फत अफलाइन माध्यमबाट नै रु.पाँच हजार सम्मको भुतmानी ट्याप एण्ड पे मार्फत सहज रूपमा गर्न सक्नेछन् । साथै,बैंकले नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यूआर प्रणालीको सुरुवात गरी अन्य बैंकका ग्राहकहरूले नजिकैको सिटिजन्स बैंकको शाखा काउन्टरमा गई आफ्नो बैंकको मोबाईल बंैकिङमार्फत क्रस बैंक टेलर क्यूआरलाई स्क्यान गरेर तुरुन्तै नगद भुक्तानी प्राप्त गर्न सक्नेछन् । यस प्रकारको सेवाले भुक्तानी प्रक्रियालाई झनै द्रुत र सुरक्षित बनाई ग्राहकलाई सुविधाजनक सेवाको अनुभव प्रदान गर्ने लक्ष्य बैंकले राखेको छ ।

र यहि अवसरमा बैंकले नयाँ बचत खाता सिटिजन्स फ्री ल्यान्सर सेभिङ अकाउन्ट सञ्चालनमा ल्याएको छ । यो खाता विशेष गरी फ्रील्यान्सरहरूको वित्तीय आवश्यकतालाई ध्यानमा राखी डिजाइन गरिएको हो । यस खाताका ग्राहकहरुलाई दुवै नेपाली रुपैयाँ र अमेरिकी डलर बचत खाता खोल्ने सुविधा प्रदान गरिएको छ । साथै, दुवै बचत खाताहरुमा उच्चतम ब्याजदर पनि प्रदान गरिएको छ । यस बचत खातामा पहिलो वर्षको लागि स्वास्थ्य उपचार बीमा रू २५ हजारसम्म (ओपीडी सेवा ५ हजारसम्म ०, दुर्घटना मृत्यु बीमा रू ३ लाखसम्म लगायत निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट कार्ड, र डिम्याट खाता सुबिधाहरु समावेश गरिएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.