मंगलवार, असार १७,२०८२ 02:08:50
  • मंगलवार, असार १७,२०८२ 02:08:50
Global IME Bank Limited

फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?

Hyundai Nepal
फियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चल्दै युनिभर्सल पावर, कतिसम्म पुग्ला सेयर मूल्य ?
Nabil Bank Limited

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेड नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत जलविद्युत कम्पनी हो । यो कम्पनी दोलखा जिल्लामा २०६७ सालमा स्थापित कम्पनी हो । यो कम्पनीको विद्युत उत्पादन क्षमता २४.२२ मेगावट रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार यो कम्पनीको चुक्तापूँजी २ अर्ब २७ करोड ९९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २६ करोड १ लाख रहको छ । कम्पनीको कुल पूँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ११ करोड ३७ लाख रुपैंयाँबराबर रहेको छ भने प्रतिसेयर आम्दानी ९.९८ रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशले बढी हो । कम्पनीका बुक भ्यालु १११ रुपैयाँ र रिर्टन अन इक्विटी ८.९६ रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

इलिअट वेभ  

इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले सानाठूला गरेर एकदिनदेखि एकसय वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।  

माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।

यस आधारमा यो कम्पनीको सेयर भाउले एकदेखि पाँचवटा चक्र बनाउँदा सेयरको मूल्य ४४० रुपैयाँसम्म पुग्न सक्छ ।  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा  

फियर एण्ड ग्रिड इन्डेक्सको आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलको छ । यस्तो इन्डेक्समा यदि कम्पनीको भाउ ० देखि २० सम्म स्ट्रङ बियरिस , २० देखि ४०  सम्म बियरिस ,४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस सेन्टिमेन्टमा चलेको बुझिन्छ । हाल यो कम्पनी ७५ को विन्दुमा बुलिस सेन्टिमेन्टमा चलेको छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्डमा सँगसँगै हिडेको छ । म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभर बट जोन ७५ मा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउ बुलिस देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३७५

प्रतिरोध २ – ३२५

प्रतिरोध १–  ३२३

पिभट् प्वइन्टः ३००

घटेमा सपोर्ट  

सपोर्ट १– २६९

सपोर्ट २– २४६

सपोर्ट  ३ –२१४

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी ठीकै देखिन्छ । कम्पनीको जगेडा कोष करिबमा २४ प्रतिशतको गिरावट आएको छ । तर कम्पनीको प्रतिसेयर आम्दानी २८ प्रतिशत र खुद नाफा ३९ प्रतिशतले बढेको छ । तर बुक भ्यालु भने सामान्य घटेको छ ।  

कम्पनीको रिर्टन अन इक्विटीमा ३३ प्रतिशतको सुधार भएको छ । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको छ भने विभिन्न इन्डिकेटरबाट नियाल्दा पनि बुलिस नै देखिन्छ । तर आज यो कम्पनीको सेयर कारोबार उच्च भएको कारण केही सजग भने हुनु पर्ने देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.