शुक्रबार, बैशाख १२,२०८२ 05:38:03
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 05:38:03
IME remit
Global IME Bank Limited

विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्रीको घोषणा

Hyundai Nepal
विदेशिएका श्रमिकको स्वास्थ्य बलियो बनाउन थप कार्यक्रम ल्याइने स्वास्थ्य मन्त्रीको घोषणा
Nabil Bank Limited

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गरेका छन् । दुबईको क्रिक पार्कमा आइतबार सम्पन्न फेष्टिभलको उद्घाटन गर्दे मन्त्री पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएको भन्दै यसको समाधानका लागि केही कार्यक्रम ल्याइने घोषणा गरे । ‘तपाईंहरुको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो’, मन्त्री पौडेलले भने, ‘देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’

मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मुल्यमा गराउने गरी गृहकार्य भैरहेको बताए ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

‘स्वास्थ्य क्षेत्रको सुधारका लागि नेपाल सरकारले उच्च प्राथमिकता साथ काम गरिरहेको छ । युएईको भ्रमणका क्रममा पनि मैले नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेको छु,’ उनले भने ।

मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गरे । उनले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु रहेको बताउदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने बताए ।

नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक  कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।

Muktinath Bikas Bank Limited

राजदूत क्षेत्रीले नेपाल फेस्टिभल–२०२५ मा नेपालको सांस्कृतिक बिविधताको प्रदर्शनले नेपालको विविध संस्कृति, कला, भेषभुषा, खाना, रहनसहन नेपालको पहिचान भएकाले यस प्रकारका कार्यक्रमले नेपाल र युएईको सम्बन्धलाई अझ प्रगाढ र घनिष्ट बनाउदै सांस्कृतिक कूटनीतिका माध्यमबाट दुई देशका जनताबीच जोड्ने सेतुको रुपमा कार्य गरेको र यसबाट नेपालको पर्यटन, लगानी तथा व्यापार अभिवृद्धि गर्न थप योगदान पुग्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक बिकास र समृद्धिका लागि युएईमा रहेका सबै नेपालीलाई आह्वान गरे । गैर आवासीय नेपाली संघ, युएईका अध्यक्ष विकास शाहीले कार्यक्रममा ४० हजारको सहभागीता रहेको भन्दै भव्यताका साथ सम्पन्न भएको बताए ।

फेस्टिभलमा युएई सरकारका उच्च पदाधिकारीहरू, विदेशी राजदूत तथा कूटनीति नियोगका प्रमुखहरु, विभिन्न अन्तर्राष्ट्रिय कम्पनीमा कार्यरत विदेशी नागरिकहरु, नेपालका शुभचिन्तकहरु सहभागी रहेको नेपाली राजदूतावासले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.