काठमाण्डौ। आज सेयर बजारमा दिनभर सामान्य उतारचढाव देखियो । दिनभरको कारोबारमा २७१६ विन्दुसम्म पुगेको बजार अन्त्यमा २७ सय तल बन्द भयो । आज बजार घट्दा कारोबारमा भने अघिल्लो दिनको तुलनमा केही सुधार भएको छ ।
बजारलाई बिभिन्न इन्डिकेटरबाट नियाल्दा बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारले अब मध्य ब्याण्डमा सपोर्ट लिन आउन सक्ने देखिन्छ । म्याक्डीमा भने बजार बुलिस नै रहेको छ ।
आरएसआई न्यूट्रल जोन ५१ मा चलेको देखिन्छ । यद्यपी पिभट् मार्फत नियाल्दा आज बजारले साप्ताहिक पिभट् प्वइन्ट २७०६ विन्दुभन्दा तल बन्द भएको छ । यसले बिक्री दबाब पर्दै गरेको बुझिन्छ । अबको नजिकको सपोर्ट २६७०, २६४० र २५९० विन्दुमा हुन सक्छ । त्यसैगरि बढेमा भने बजारले २७५६ २७९० र २८३८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमा पूर्ण हुन्छ । यो बिश्लेषण लगानीको लागि सिफारिस भने होइन ।