काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेर १९३० विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूहबाहेकका सबै समूह राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९३ प्रतिशत र निर्जीवन बीमा समूह ०.५५ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा आज ४ वटा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने तथा सेयरभाउ बढ्ने बीमा कम्पनीमा युनाइटेड अजोड इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.९३ प्रतिशतले बढेर ५२० रुपैयाँ पुगेको छ ।
त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको ०.३७ प्रतिशत, हिमालयन लाइफको ०.२७ प्रतिशत र नेपाल इन्स्योरेन्सको ०.२५ प्रतिशतले सेयरभाउ बढेको छ ।
साथै आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सुर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ३.९४ प्रतिशतले घटेर ४३९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको २.७७ प्रतिशत, एशियन लाइफको २.४५ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.६२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.५० प्रतिशत, सिटिजन लाइफको १.४१ प्रतिशत, आइएमई लाइफको १.३७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२० प्रतिशत, रिलायबल नेपाल लाइफको १.१७ प्रतिशत, एलआइसी नेपालको १.१४ प्रतिशत, नेकोको १.१३ प्रतिशत, शिखरको १.०१ प्रतिशत, सानिमा जिआइसीको ०.९९ प्रतिशत, एनएलजीको ०.८२ प्रतिशत, नेपाल लाइफको ०.६९ प्रतिशत, सलिकोको ०.३१ प्रतिशत, प्रभु महालक्ष्मीको ०.३० प्रतिशत, नेशनल लाइफको ०.०२ प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सको ०.०२ प्रतिशतले सेयरभाउ घटेको छ ।
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा दुई बीमा कम्पनी परेका छन् । हिमालयन रि इन्स्योरेन्सको ८ करोड ३० लाख रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                