शुक्रबार, जेष्ठ १,२०८३ 02:41:35
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 02:41:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जीरोका लगानीकर्ता-'अघिल्लो महिना ६ हजारको स्क्रिप्ट २३ हजार पुग्यो, सेयर त यस्तो पो किन्नुपर्ने रहेछ !’

Laxmi Sunrise Bank Limited
ग्राउण्ड जीरोका लगानीकर्ता-'अघिल्लो महिना ६ हजारको स्क्रिप्ट २३  हजार पुग्यो, सेयर त यस्तो पो किन्नुपर्ने रहेछ !’
Shivam Cement

काठमाण्डौ । यो साता पनि हामीले विभिन्न ब्रोकरहाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज राजधानी लगायत देशभरको मौसम बदली थियो । काठमाण्डौको मौसम चिसो हुँदा सेयर बजारमा पनि केही चिसोपन देखिन्थ्यो ।

आज हामी सबैभन्दा पहिले राजधानीको मुटु नक्सालमा रहेको नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरु विस्तारै आउने क्रम जारी थियो । बजार पनि विस्तारै खस्दै थियो । यत्तिकैमा एक लगानीकर्ताले भने,‘ल हेर्नुस् बोटलर्स नेपाल(बालाजु) बढेको बढ्यै छ । अघिल्लो महिना ६ हजारको सेयर अहिले २३  हजार पुग्यो । सेयर त यस्तो पो किन्नुपर्ने रहेछ ।’

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले भने,‘यस्ता  कम्पनीले आफैं  किन्ने  अनि आफै बेच्ने गर्छन । युनिलिभर पनि त्यही हो ।  

यही ब्रोकरमा भेटिएका एक लगानीकर्ताले ठट्यौली पारामा  भने,‘बाहिर पानी परेर बजार पनि घट्यो । मौसम सफा भएपछि बजार बढ्छ । पैसाको आवश्यकताले ६–७ लाखको सेयर बेच्नु थियो । सबै सेयर घाटामा छ । एचआरएलमा त म एकसय रुपैयाँ नै घाटामा छु । यो कम्पनीको आज ८० प्रतिशत हकप्रद र ४ प्रतिशत बोनस पारित हुँदै छ । खै त सेयर बढ्दै बढ्दैन त ।’

Bizshala
New Office
CG Motors

उनीसँगै बसेका अर्का एक लगानीकर्ताले २५ प्रतिशत लाभांश घोषणा गरेको सन् नेपाल लाइफको समेत सेयरमूल्य नबढेको बताए । ‘त्यत्रो बोनस घोषणा गरेको त बढेन, ४ प्रतिशत घोषणा गरेको हिमालयन रिको बढ्छ त ?’ उनले भने,‘माथि बोसले सेयर बेच्न त भनेकै हो नि सुनिन के गर्नु , अहिले यो दिन आयो ।’

केही समय मौनता छायो । मौनतालाई चिर्दै पछिल्लो सिटमा बसेका एक लगानीकर्ताले मुख खोले,‘ब्रोकरहरुले पनि सेयर नकिन्दा बजार घट्यो । खेलाडीले केही कम्पनीमा सर्किट लागाएर सेयर बेचे । साना र सोझाको पैसा चैट भयो ।’

ब्रोकर हाउसमा यस्तै गल्फति चल्दै थियो  । भित्तामा झुण्डिएको घडीले १२ बजेको संकेत गरिरहेको थियो । बजार करिब २० अंक घटेर कारोबार चल्दै थियो ।  

केही समयको बसाइँपछि हामी कमलादीमा रहेको नयाँ ब्रोकर मियो सेक्युरिटिज(स्टक ब्रोकर ६६) मा पुग्यौं । मध्यदिनमा झम्–झम् वर्षा वर्षिरहेको थियो । सेयर बजार पनि त्यसरी नै खसिरहेको थियो ।

यस ब्रोकरमा लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो । घटेको बजारप्रति इंगित गर्दै एक लगानीकर्ताले भने,‘यस्तो बजार पनि  के हेर्नु ? जाँउ बरु बाहिर घुम्न ।’ नजिकै बसेका उनका मित्रले भने,‘पानी परेको छ के जानू बाहिर ? यहीँ बसौ सेयर, किन्ने यही बेला हो । कति घट्ला अब ? विस्तारै बजार पस्ने हो अब ।’

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले राजनीतिक कोणबाट विश्लेषण गर्दै भने,‘अब मन्त्रीमण्डल पनि फेरिँदैछ भन्छन । नयाँ मन्त्री आएपछि त बजार बढ्छ । झलनाथ खनाल नयाँ टीम नै लिएर एमाले पार्टी प्रबेश गर्दैछन् भन्छन । विष्णु पौडेल आए त बजार मज्जाले बढ्ने थियो ।’ उनको बोली भुँइमा नखस्दै छेउका लगानीकर्ताले भने मनको लड्डुु घिउसँग खानु साथी । त्यस्तो हुने त कहिले हो कहिले ?’

यस बेलासम्म दिनको १ बजिसकेको थियो । बजार निरन्तर घटिरहेकोे थियो । केही समयको बसाइँपछि हामी कमलादीमै रहेको कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको उपस्थिति सामान्य थियो । यस ब्रोकरमा भेटिएका लगानीकर्ताहरु पनि बजार धेरै घटेकोले अब बढ्ने आशा व्यक्त गरिरहेका थिए । निराशाबीच आशापूर्ण स्वरमा एक लगानीकर्ताले भनेको सुनियो,‘अब मन्त्रिमण्डल हेरफेरको चर्चा पनि छ । नयाँ आए बजार सम्हालिन्छ कि ।’  

केही समय त्यहाँ व्यतित गरेपछि हामी कमलादीमा नै रहेको मल्ल एण्ड मल्ल सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ११) मा पुग्यौं । यस बेलासम्म दिनको २ बज्दै थियो । ब्रोकरहाउसमा लगानीकर्ताको उपस्थिति राम्रै थियो । हामीले केही क्षण ब्रोकर सञ्चालकसँग पनि बजारको अबस्थाबारे जिज्ञासा राख्यौं । उक्त ब्रोकरका सञ्चालकले अहिले बजारमा दीर्घकालीन लगानीकर्ता बजार प्रवेश गरेका, तर अल्पकालिन लगानीकर्ताहरु भने अझै डराइरहेका दाबी गरे ।  

(नोटः ‘ग्राउण्ड जीरो’ बिजशालामा विगत केही वर्षदेखि प्रत्येक आइतबार प्रकाशन हुने नियमित स्तम्भ हो । यसअन्तर्गत हामी ब्रोकरहाउसमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोशिश गर्छौ । त्यस क्रममा यो स्तम्भमा लगानीकर्ताले बोलेका, चर्चा गरेका, ठट्यौली गरेका लगायतका सबै विषय उनीहरुकै भाषामा प्रस्तुत गर्ने कोशिश गरिन्छ । यो स्तम्भमा व्यक्त लगानीकर्ताका विचार, ब्रोकरहाउसमा सुनिएका गफ तथा ठट्टा सत्य र तथ्यमा आधारित नहुन पनि सक्छन् । यसैका आधारमा सेयर किनबेचको निर्णय गर्नुहुँदैन ।)

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X