बुधबार, कार्तिक ७,२०८१ 08:01:03
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:03
IME remit
Global IME Bank Limited

भोलु नामको मुर्रा राँगोले चर्चा बटुल्दै, मूल्य मात्रै १० करोड भारु !

Hyundai Nepal
भोलु नामको मुर्रा राँगोले चर्चा बटुल्दै, मूल्य मात्रै १० करोड भारु !
Nabil Bank Limited

काठमाण्डौ । केहि समय अघि भारतले उपहारस्वरुप दिएको ‘मुर्रा’ जातको राँगो बारे नेपालमा सामाजिक सञ्जालमा खुबै चर्चा भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भारत सरकारले १५ वटा मुरा राँगा उपहारस्वरुप दिएको थियो । मुर्रा राँगा करिब पाँच महिनापछि  गत मंसिर ७ गते नेपालमा आइपुगेका थिए।  ती राँगा भारतको पन्जाबस्थित राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रबाट ल्याइएको थियो । 

Bizshala
Shivam Cement
CG Motors

राष्ट्रिय पशु प्रजनन कार्यालयका अनुसार तीमध्ये सातवटा राँगालाई पोखरामा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा र पाँचवटालाई लाहान राखिएको छ ।बाँकी तीनव टालाई बाँकेको खजुरास्थित गौघाटमा राखिएको छ ।

गत जेठ महिनाको अन्तिम साता भएको प्रधानमन्त्री दाहालको दिल्ली भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको द्विपक्षीय समझदारी अन्तर्गत नस्ल सुधारका लागि मुर्रा जातको १५ वटा राँगा दिने प्रतिबद्धता भारतले जनाएको थियो।

संसारभर नै मुर्रा धेरै दूध दिने जातको भैंसीका रूपमा परिचित छ ।राँगासँगै मुर्रा जातकै भैँसी उपलब्ध भए शत प्रतिशत मुर्रा उत्पादन गर्न सकिने पशु विज्ञको भनाइ छ ।

यो मुर्रा जातको राँगाबाट उत्पादन गरिएको वीर्यमार्फत् नेपालमै रहेका अन्य भैँसीहरूमा प्राकृतिक गर्भाधान गराएर नस्ल सुधार गरिने छ।

प्रसंग भारतको हो । भारतको बिहार राज्यको राजधानी पटनामा पशुपालन व्यवसायसँग सम्बन्धित एउटा एक्सपो आयोजना भइरहेको छ । उक्त एक्सपोमा राखिएको मुर्रा जातको एउटा राँगो मुख्य आकर्षण बनेको छ ।

मुर्रा जातको राँगो नेपालमा मात्र होइन भारतमा पनि सर्वसाधारणको आकर्षणमा छ ।अझ भन्ने हो भने यतिखेर भारतको राजधानी पटनामा पशुपालन व्यवसायसँग सम्बन्धित डेयरी एन्ड केटल एक्सपो आयोजना भइरहेको छ । उक्त एक्सपोमा राखिएको मुर्रा जातको एउटा राँगो मुख्य आकर्षण बनेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

भोलु नाम गरेको उक्त राँगो हरियाणा राज्यबाट ल्याइएको हो । राँगोका मालिक नरेन्द्र सिंहलाई भारतका राष्ट्रपतिले पद्मश्री पुरस्कारसमेत प्रदान गरिसकेका छन् ।

राँगोको खानपिनका लागि मासिक ५० देखि ६० हजार भारु खर्च हुने उनको भनाइ छ । यो राँगोले प्रत्येक दिन ३० किलो घाँस, ७ किलो अन्न खान्छ । उनले राँगोको विर्य बिक्री गरेर पनि मनग्य आम्दानी  गरिरहेका छन् ।

उनका  अनुसार त्यो राँगोका किन्नका लागि १० करोड भारु मूल्य प्रस्ताव भइसकेको छ । तर उनले यसलाई बेच्न मानिरहेका छैनन् । उनले ‘ब्रिडिङ’ का लागि राँगो पालेका हुन् ।

उनले यसअघि त्यो रांगोलाई मेरठको सरदार वल्लभभाई पटेल कृषि विश्वविद्यालयमा तीन दिने अखिल भारतीय किसान मेलामा पनि लगेका थिए ।त्यहाँ पनि राँगो हेर्न सर्वसाधारणको भिड लागेको थियो । यतिखेर मुरा राँगो बारे खुबै चर्चा परिचर्चा भइरहेको छ । -एजेन्सीहरु

Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.