मंगलवार, असार १७,२०८२ 08:57:11
  • मंगलवार, असार १७,२०८२ 08:57:11
Global IME Bank Limited

नेप्सेमा सर्किटमाथि सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

Hyundai Nepal
नेप्सेमा सर्किटमाथि सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
Nabil Bank Limited

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको छ ।  

कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यसपछि पुनः खुलेको बजारमा उछाल रोकिएन । फेरि कारोबार सुरु भएको एक मिनेटमै नेप्से ५ प्रतिशतले बढेपछि दोश्रो पटक सर्किट लगाएर नेप्सेले ४० मिनेटका लागि कारोबार स्थगित गरेको छ ।  

अब ४० मिनेटपछि खुल्ने बजार फेरि ६ प्रतिशतले बढेमा आज दिनभरका लागि कारोबार निलम्बन हुनेछ ।  

कारोबार खुलेको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोस्रो पटक ५ प्रतिशतले घटबढ भए बजार ४० मिनेटका लागि स्थगन हुन्छ भने तेस्रो पटक ६ प्रतिशतले बजार घटबढ भए दिनभरका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

दोश्रो पटक बजारमा पोजिटिभ सर्किट लाग्दासम्म नेप्सेमा सूचीकृतमध्ये ५ कम्पनीको मूल्य पनि उछालको गतिमा बढेको छ । यी पाँचवटै कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  

पोजिटिभ सर्किट लाग्ने कम्पनीहरुमा अरुण कावेली पावर लिमीटेड, त्रिशुली जलविद्युत कम्पनी, बलेफी हाइडो, दोल्ती, न्यादी हाइडो, राप्ति हाइडो  रहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.