आईतवार, असार ८,२०८२ 04:52:01
  • आईतवार, असार ८,२०८२ 04:52:01
Global IME Bank Limited

नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'

Hyundai Nepal
नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'
Nabil Bank Limited

काठमाण्डौ । सत्ता समीकरण फेरबदलसँगै लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजार परिसूचक(नेप्से)मा आज कारोबार खुलेदेखि नै उछालको माहौल देखिएको छ ।  

ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु प्रसन्न मुद्रामा कारोबार गर्दै बजार नियालिरहेका छन् ।  

केही लामो समयदेखि साइडवेजमा गएको बजारका लागि ब्याजदरमा भएको लगातारको गिरावट, बैंकिंग प्रणालीमा थुप्रिएको तरलता, नीतिगत लचकता लगायत थुप्रै गुड न्यूज थिए । तर, पनि बजार बढ्न सकेको थिएन, लगानीकर्ताको मनोबल उच्च बन्न सकेको थिएन । 

CG Motors
Muktinath Bikas Bank Limited

बजार बढोत्तरीका लागि कुनै न कुनै गतिलो बाहाना खोजिरहेका लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा बजारप्रति नरम कम्युनिष्टहरुबाटै अर्थमन्त्रीमा प्रतिनिधित्व हुने सुनिश्चिततासँगै आशा बढेर गएको देखिएको छ । बजारमैत्री अर्थमन्त्रीको आगमन हुने र कम्युनिष्ट नेतृत्वको सरकारले अर्थतन्त्र सुधारका लागि निर्मम बनेर नीतिहरु ल्याउने आशामा लगानीकर्ताहरुले खरिदारी बढाउँदा नेप्से परिसूचकमा सर्किटमाथि सर्किट लागिरहेको छ ।  

ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्ताहरुले सोमबारदेखि बजारमा बुल सुरु भएको घोषणासम्म गर्न भ्याएका छन् । कतिपयले भने बजारमा टिक्नेखालको बढोत्तरी सुरु भए मात्र बुलको सुरुवात भएको मान्न सकिने बताएका छन् ।  

लगानीकर्ता सुमनकुमार रिजालले नयाँ सरकार बनेपछि नीतिगत सन्तुलन हुने र बजारमैत्री नीति आउने भएका कारण नेप्सेमा अब बुल सुरु भएको दाबी गरे । बजार त्यसै पनि तल्लो विन्दूमा रहेको र एउटा गतिलो बहाना खोजिरहेकोमा त्यो पाएपछि अब बियरिस चक्र सकिएको उनको भनाई छ ।  

अर्का लगानीकर्ता अरुण बस्नेत नीतिगत अस्थिरताले बजार घटेको र राष्टबैंकका गभर्नरको राजनीतिक लाइनसँग मिल्दो सरकार आएपछि अर्थमन्त्रीसँग ट्यूनिङ मिलेर बजारमैत्री नीति आउने आशा व्यक्त गरे । यहीकारण समेत बजार अब माथि जाने उनको धारणा छ ।  

लगानीकर्ता विकास चाम्लिङ राई भने अर्थतन्त्रमा सुधार भएपछि मात्र बजार बढ्नुपर्ने तर्क गर्छन् । यथार्थमा बजार बढ्नुपर्ने र बढोत्तरी केही दिन टिकेपछि मात्र विश्लेषण गर्न सकिने उनको भनाई छ ।  

सुमनकुमार रिजालले प्राविधिक रुपमा बजारमा अब थर्ड वेब चल्ने र नेप्से परिसूचक बढेर २६०० सम्म पुग्नसक्ने दाबी गरे ।  

बजार उछालको गतिमा बढ्न थालेसँगै विदेशमा रहेर लगानी गरिरहेका नेपालीहरुले पनि तारन्तार फोन गरिरहेका छन् । ब्रोकर हाउसका फोनका घण्टीहरु आज निकै व्यस्त देखिएका हाम्रा संवाददाता अर्जुन तिमिल्सिनाले जनाएका छन् ।  

लगानीकर्ताहरुमा नयाँ अर्थमन्त्रीको रुपमा विष्णु पौडेलको विशेष माग समेत रहेको देखिएको छ । तर, गठबन्धन सरकारले भने अर्थमन्त्रीको रुपमा वर्षमान पुनलाई प्रस्तुत गर्ने प्रवल सम्भावना छ । पुन पनि बजारमैत्री अर्थमन्त्रीको रुपमा चिनिन्छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.