Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक

Hyundai Nepal
सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका कारण केही महत्वपूर्ण विषयमा निर्णय गर्न ढिलासुस्ती भइरहेको छ ।  

अख्तियारको छानबिनमा परिने भएपछि अध्यक्षविहीन बोर्डका अख्तियारप्राप्त अधिकारीहरु थप निर्णय गर्न डराउँदा लामो समयदेखि सञ्चालक समितिको बैठक नै बस्न सकेको छैन ।  

बोर्डको दैनिक कार्य सञ्चालन गर्ने गरी निमित्त प्रमुखको जिम्मेवारी डा. नवराज अधिकारीले पाएका छन् । उनले नियमित कामबाहेकका निर्णय गर्नसक्ने अधिकार पाएका छैनन् । जसका कारण लामो समयदेखि अड्किएका दर्जनौं फाइल अगाडि बढ्न पाएका छैनन् । लामो समयदेखि बोर्ड बैठक छल्न खोज्दा सेबोनको नियमित काम कार्यबाही नै प्रभावित बन्न पुगेको एक उच्च पदस्थ कर्मचारीले जानकारी दिए । 

Shivam Cement
Sagarmatha Cement

‘बोर्ड सचिवले बोर्ड बैठक बोलाउन पटक पटक तागेता गरेका भन्ने कुरा आएको छ । तर, बोर्डमा सहभागी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुले ध्यान नदिंदा र थप कुनै निर्णय गरेकै कारण अख्तियारको छानबिनमा परिने त्रासका कारण कतिपय महत्वपूर्ण विषयमा समेत निर्णय हुन बिलम्ब भइरहेको छ ।’ ती कर्मचारीले भने–‘यही बेला बजारमा अराजकता बढेको छ । मानिसहरु खुलेआम धितोपत्र कारोबार ऐनविपरीत गतिविधिमा संलग्न छन् । तर यहीबेला बोर्ड निस्क्रिय हुँदा नियामकप्रति सर्वसाधारणको विश्वास टुट्दै गएको देखिन्छ ।’  

यस्तै, कैफियत नदेखिएका कम्पनीहरुले हकप्रद र आइपीओका लागि दिएका आवेदनहरुलाई अगाडि बढाउने यसअघि घोषणा गरिएको थियो । त्यस विषयका दर्जनौं फाइल समेत बोर्डका कर्मचारीहरुको फाइल र दराजमा थन्किएर बसेका छन् । ती विषयमा निर्णय लिन समेत बोर्ड बैठक आवश्यक हुन्छ । तर बोर्ड बैठक बस्ने र बसाउने जिम्मेवारी पाएकाहरुले नै बेवास्ता गर्दा सिंगो बजार प्रभावित बनाउने काम भइरहेको स्रोतको दाबी छ ।  

निमित्त प्रमुखको जिम्मेवारी पाएका डा. नवराज अधिकारीले चाँडै बोर्ड बैठक बस्ने दाबी गरे । उनले बोर्ड बैठक बसी पेण्डिङमा रहेका फाइलहरुमा आवश्यक निर्णय हुने आशा व्यक्त गरे ।  

अबको बोर्ड बैठकको अध्यक्षता गर्नुपर्ने अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले प्रतिक्रिया दिन चाहेनन् । उनकै अनिच्छाका कारण बोर्ड बैठक बस्न ढिलाई भइरहेको स्रोतहरुको दाबी छ ।

रमेशकुमार हमाल अध्यक्ष भएको बेला बोर्डबाट भएका निर्णयहरुको विषयमा पछिल्लो समय अख्तियारले छानबिन गरिरहेको छ । कतिपय खराब अवस्थाका कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न दिएको, जथाभावी हकप्रदको स्वीकृति लगायतका कामहरु गरेर बजार प्रभावित बनाएको र बोर्डकै कतिपय निर्णयमा भ्रष्टाचार गरी जथाभावी गरेको लगायतका विषयमा उजुरी परेपछि अख्तियारले कार्यकाल सकेर विदा भइसकेका हमालको विषयमा छानबिन गरिरहेको छ । त्यसकै प्रभाव अध्यक्षविहीन धितोपत्र बोर्डको निर्णय प्रक्रियामा देखिएको स्रोतहरुको दाबी छ ।  

धितोपत्र बोर्डमा कानून तथा न्याय मन्त्रालयका सहसचिव हुमबहादुर केसी, नेपाल राष्टबैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, आइक्यानका भाइस प्रेसिडेन्ट प्रवीणकुमार झा, एफएनसीसीआईका भाइस प्रेसिडेन्ट सूर्यकृष्ण वैद्य र विज्ञ सदस्यको रुपमा भोलानाथ ढुंगाना सञ्चालक समितिको सदस्य रहेका छन् ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.