मंगलवार, असार १७,२०८२ 01:55:32
  • मंगलवार, असार १७,२०८२ 01:55:32
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने

Hyundai Nepal
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आगामी फागनु २५ गते शुक्रबारका दिन बाँडफाँड हुने भएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बााडफाँड गर्ने तयारी गरेको हो ।  

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड गोलाप्रथाबाट गरिने क्यापिटलले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।  

यो आईपीओको मूल्य ३६०.९० रुपैयाँ निर्धारण गरिएको थियो ।  

कम्पनीको आईपीओमा १० लाख १२ हजार ३८४ आवेदकबाट १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँबराबरको ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । जुन मागभन्दा १९.३२ गुणा बढी हो ।  

कम्पनीको आईपीओमा आवेदन दिने ९ लाख ५६ हजार ८६३ आवेदकको हात खाली हुने भएको छ । आवेदन दिएका मध्ये ५५ हजार ५२१ आवेदकको भागमा मात्रै ५० कित्ताका दरले आईपीओ पर्नेछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.