Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

संसदमा दर्ता भयो संघीय निजामति विधेयक: कर्मचारीले खुल्ला बजारबाट सेयर किन्न पाउने

Global IME Bank Limited
संसदमा दर्ता भयो संघीय निजामति विधेयक: कर्मचारीले खुल्ला बजारबाट सेयर किन्न पाउने
Nabil Bank Limited

काठमाण्डौ । सोमबार प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएमा निजामति कर्मचारीले खुल्ला बजारबाट सेयर खरीद गर्ने अवसर पाउनेछन् ।  

विधेयकको दफा नम्बर ८१ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था अन्तर्गत निजामति कर्मचारीले खुल्ला बजारबाट सेयर खरीद गर्न वा आधारभूत सेयरधनी नहुने गरी एक प्रतिशत भन्दा कम संस्थापक सेयर खरीद गर्न सकिने छुट समेत दिएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, सोही दफाले निजामति कर्मचारीले सरकारको स्वीकृतिबिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानूनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार तथा व्यवसाय गर्न रोक लगाएको छ ।  

यो विधेयक संसद सचिवालयले दर्ता गरेको छ । संसदबाट पारित भएपछि मात्र यो कानून बनेर कार्यान्वयनमा आउनेछ ।  

विधेयकले निजामति कर्मचारीलाई राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था समेत गरेको छ । कुनै  पनि निजामति कर्मचारीले राजनीतिक दल, तिनका भातृ संगठन, दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेशागत संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन समेत बन्देज लगाएको छ ।  

निजामति कर्मचारीमाथि सरकार वा सरकारी कामको आलोचना गर्न समेत रोक लाग्ने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।  

यस्तै, सामाजिक सञ्जालमा सामाजिक कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीका पक्ष वा विपक्षमा कुनै पनि टिप्पणी गर्न नहुने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।  

विधेयकले कर्मचारीले पाउने चाँडपर्व खर्च, कर्मचारी सञ्चय कोष, बीमा, उपचार खर्च, स्वास्थ्य बीमा योजना, आवास सुविधा लगायतका सेवासुविधामा अहिलेको भन्दा केही एड्भान्स व्यवस्था प्रस्ताव गरेको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.