मंगलवार, असार ९,२०८३ 07:20:33
Bizshala
  • मंगलवार, असार ९,२०८३ 07:20:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

Laxmi Sunrise Bank Limited
नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

काठमाण्डौ । यो साता सेयर बजारमा चार दिन कारोबार भएको छ ।

चार दिनमा बजार दुई दिन बढेको छ भने दुई दिन घटेर बन्द भएको छ । अघिल्लो साता २ हजार ८८.९९ विन्दुमा बन्द भएको बजार यो साता २ हजार १५५.८२ विन्दुमा बन्द भएको छ ।

New Office
CG Motors
Garima Development Bank

जसअनुसार यो साता ६६.८३  अंकले बजार बढेको छ । अघिल्लो साता  पनि बजार करिब ४० अंकले बजार बढेको थियो । 
 

यो साता चार दिनको कारोबारमा ३१.४२  अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता भने २५.४७ अर्ब रुपैयाँ मात्रै भएको थियो । जसअनुसार यो साता कारोबार र सूचक दुबैमा बढोत्तरी आएको छ ।

योसँगै लगातार दुई साता दोस्रो बजारमा कारोबार र सूचकमा बढोत्तरी आएको छ । 
प्राविधिक पक्ष :
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् ।  त्यस्ता साना ठूला डिग्रीहरुले गरेर एक दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक फरक वेभ हुन्छन् भने तल जान तीन वटा वेभ हुन्छन् ।

माथि लाग्ने पाँच वेभमा पनि तीन वटा चडावका र दुई वटा सुधारका हुन्छन्। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन(सुधार) को हुन्छन् । वेभ ५ को करेक्सन वेभ ए हो । वेभ ए, बी र सी चाहिं मूल्य तथा सूचक तल जाने संकेत हो ।

निष्कर्ष : नेप्सेमा लगातार दुई सातादेखि बढोत्तरी आएको छ । तर यो साताको अन्तिम दुई वटा कारोबारमा बजारमा करेक्सन आएको छ । बजारलाई पछिल्लो पटकको न्युन विन्दु १ हजार ८३४ विन्दुदेखि यो साताको उच्च विन्दु २ हजार २१५ विन्दुसम्म नियाल्दा इलिअट वेभको माइनर डिग्री अर्थात् सानो समय अवधिमा १ देख ५ सम्मको चक्र चलेको देखिन्छ । जसमा वेभ ३ मा बजारमा राम्रै बढोत्तरी आउने गर्छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताको मनोविज्ञान, बजारले बनाएको चक्र, कारोबार र भोलुम समेतबाट यो साताको बजारलाई हेर्दा हालको करेक्सन ‘माइनर डिग्री’ को वेभ ५ सिद्धिएको  देखिन्छ । जसलाई कारोबार र भोलुमले पनि पुष्टि गरेको छ । बजारलाई पछिल्लो पटकको न्युन विन्दुबाट नियाल्दा माइनरको वेभ १ मा  १ हजार ८३४ देखि १ हजार ९१० विन्दुसम्म, वेभ २ मा करेक्सन भएर १ हजार ८४० विन्दुसम्म आएको छ । 
 

वेभ ३ मा तीब्र बढोत्तरीका साथ २ हजार १४० विन्दुसम्म बजार पुगेको छ । त्यसपछि वेभ ४ मा करेक्सनका साथ २ हजार २२ विन्दुसम्म आयो । यसका साथै वेभ ५ मा बढोत्तरीका साथ बजार २ हजार २१५ विन्दुसम्म पुगेको देखिन्छ । यो साता नै बजार करेक्सन भएर २ हजार १५५ विन्दुमा बन्द भएको छ । यस हिसावले हाल बजारमा ‘वेभ ए’ को करेक्नस चल्दै गरेको देखाउँछ ।

आगामी साता यदि बजार बढेमा भने, यो  वेभ बी हुन सक्छ । बजारले यो साता बनाएको उच्च विन्दु ब्रेक गर्न नसकेर तल खस्यो भने त्यो वेभ सी हुने र बजार करिब २ हजार २५ विन्दुसम्म झरेर वेभ सी बन्न सक्छ । (हेर्नुहोस, माथि मूख्य तस्बिरमा)
बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई :
साप्ताहिक रुपमा बजारलाई बोलिङगर ब्यान्डमार्फत् हेर्दा यो साता बजार बोलिङगर ब्यान्डको अपर ब्यान्डमा माथि लामो धागोसहितको क्यान्डल बनेको छ । यसले यो साता बजारमा तीब्र नाफा बुक भएको देखिन्छ ।

डेली बेसमा पनि यो अपर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ । म्याक्डीमा हेर्दा साप्ताहिक र डेली दुबैमा बजार बुलिस क्रस ओभर नै छ । हिस्टोग्राम पनि सकारात्मक नै छन् । आरएसआईमार्फत् नियाल्दा बजार ओभर बट जोन ७१ बाट खसेर ६७ को तहमा बजार पुगेको छ ।

समग्रमा तीन वटै इन्डिकेटरबाट बजारलाई साप्ताहिक र डेली बेसमा हेर्दा लगातार दुई साता बढेको बजारमा यो साता अन्तिम कारोबारहरुमा नाफा बुक चलेको देखिन्छ । जसलाई प्राविधिक भाषामा भन्नु पर्दा आरएसआईमा विारिस डाइभर्जेन्स बन्दै गरेको बुझिन्छ । 
 

पिभट विश्लेषणले सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकाल्दछ ।

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –२२२७
प्रतिरोध २ –२१७१
प्रतिरोध १– २१३०
पिभट प्वइन्ट : २०७५

घटेमा सपोर्ट :
सपोर्ट १– २०३३
सपोर्ट २– १९७८
सपोर्ट  ३ –१९१७
 

निष्कर्ष : नेप्सेमा लगातार दुई सातादेखि बढोत्तरी आएको छ । तर यो साताको अन्तिम दुई वटा कारोबारमा बजारमा करेक्सन आएको छ । बजारलाई पछिल्लो पटकको न्युन विन्दु १ हजार ८३४ विन्दुदेखि यो साताको उच्च विन्दु २ हजार २१५ विन्दुसम्म नियाल्दा इलिअट वेभको माइनर डिग्री अर्थात् सानो समय अवधिमा १ देख ५ सम्मको चक्र चलेको देखिन्छ । जसमा वेभ ३ मा बजारमा राम्रै बढोत्तरी आउने गर्छ ।

वेभ १ र ५ मा सामन्य बढोत्तरी आउने गर्छ जसलाई बजारले पुष्टि गरेको छ । यस आधारमा भन्दा  बजारले एउटा चक्र पुरा गर्दै गरेको देखिन्छ । जसअन्तरगत आागामी साता वेभ ए बी सी चल्न सक्छ । हालको करेक्सन वेभ ए चलेको  र आगामी कारोबारमा बढोत्तरी आएमा त्यो ‘वेभ बी’  हुने सम्भाबना छ ।

अबको बढोत्तरीमा पनि यदि बजारले यसअघिको  २ हजार २०० विन्दु माथिको प्रतिरोध ब्रेक गरेर माथि जान सकेन भने बजारमा ए,बी र सी चलेको निश्चित हुने छ । त्यस्तो करेक्सनमा भने बजार २ हजार २५विन्दु आसपाससम्म आउन सक्छ । त्यसपछिको नयाँ बढोत्तरीले मात्रै बजारमा नयाँ उचाइ चुम्नसक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।) 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.