मंगलवार, असार १७,२०८२ 02:03:08
  • मंगलवार, असार १७,२०८२ 02:03:08
Global IME Bank Limited

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि

Hyundai Nepal
हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ ।  

कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ । जुन रकम गत वर्षको सोहि अवधिको तुलनामा ७२.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीले विद्युत बिक्रीमार्फत १३ करोड ७ण् लाख रुपैयाँ कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको १६ लाख ४९ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । यो अवधिसम्म कम्पनीको कुल खर्च १२ करोड ४६ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ७४.०१ प्रतिशतले धेरै हो ।  

कम्पनीको रिटेन्ड अर्निङ १४ करोड ९० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १९ करोड २२ लाख रुपैयाँ र कुल चालु दायित्व २५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(त्रैमासिक) १३.६८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८६.०१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५०४.१३ रुपैयाँ र पीई अनु्पात १९.२९ गुणा ऋणात्मक रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.