काठमाण्डौ । सेयर बजार आज पनि बुम हुने संकेत देखिएको छ ।
प्रिओपन सेसनमा नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढेको छ । हिजोको तुलनामा प्रिओपन सेसनमा आज नेप्से अझ धेरै अंकले बढेको हो ।
एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेल आउने सम्भावना बढेपछि लगानीकर्ताले उत्साहित भई खरिदारी बढाउँदा आज पनि बजारमा उछाल आउने अवस्था देखिएको हो ।
प्रिओपन सेसनमा नेप्से १६.७० अंकले बढेको छ । प्रिओपन सेसनमा १३९ कम्पनीको सेयरमूल्य बढेको छ भने ६ वटाको घटेको छ । २२ वटा कम्पनीको सेयरमूल्य स्थिर देखिएको छ ।
आज जीवन तथा निर्जीवन बीमा कम्पनी, फाइनान्स लगायतका उपसमूहमा चमक आउने सम्भावना देखिएको छ ।
हिजो पनि सेयर बजार खुलेलगत्तै पोजिटिभ सर्किट लागेको थियो । लगातार पोजिटिभ सर्किट लागेपछि ६ मिनेट मात्र पूरा कारोबार भएपछि नेप्सेको सोमबारको कारोबार स्थगित बन्न पुगेको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                