Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मस्कलाई एकै दिन दुई झट्काः शीर्ष धनाढ्यको ताज गुम्यो, अब लगाउनु पर्नेछ अदालतको चक्कर

Global IME Bank Limited
मस्कलाई एकै दिन दुई झट्काः शीर्ष धनाढ्यको ताज गुम्यो, अब लगाउनु पर्नेछ अदालतको चक्कर
Nabil Bank Limited

काठमाण्डौ । दशा बाजा बजाएर आउँदैन भन्ने उखान एलन मस्कको हालको अवस्थामा चरितार्थ भएको छ । टेस्ला,स्पेसएक्स र ट्विटर जस्ता कम्पनीका मालिक एलन मस्कलाई एकै दिनमा दुई झट्का लागेको छ । मस्क विश्वको शीर्ष धनाढ्यको सूचीबाट तल झर्दे दोस्रो स्थानमा पुगेका छन् ।  

सोमबार टेस्ला कम्पनीको सेयरमूल्यमा आएको ७ प्रतिशतभन्दा बढी गिरावटका कारण उनको नेटवर्थमा १७ अर्ब डलरको कमी आएको छ । जसका कारण उनको नेटवर्थ २०० अर्ब डलरभन्दा कममा सीमित भएको छ । उनको कुल सम्पत्ति १९८ अर्ब डलरमा झरेको छ ।  

मस्कलाई उछिन्दै अमेजनका सीईओ विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । बेजोसको कुल सम्पत्ति २०० अर्ब डलर रहेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै मस्कलाई एउटा अर्को झट्का लागेको छ । ट्विटरका पूर्व सीईओ पराग अग्रवाल र अन्य तीनजना अधिकारीहरुले मस्कविरुद्ध १२.८ करोड डलरभन्दा बढीको मुद्दा दायर गरेका छन् । मद्दा दायर गर्नेमा अग्रवालसँगै ट्व्टिरका पूर्व प्रमुख वित्तीय अधिकारी नेड सेगल, पूर्व कानून प्रमुख विजया गाड्डे र पूर्व जनरल काउन्सिल सीन एडगेट रहेका छन् ।  

मस्कले सन् २०२२ अक्टोबर महिनामा सामाजिक सञ्जाल ट्विटर(अहिले एक्स)को स्वामित्व खरिद गरेका थिए । यो सम्झौता ४४ अर्ब डलरमा पूर्ण भएको थियो । कम्पनी प्राप्ति गरेपछि मस्कले सबैभन्दा पहिले भारतीस्य मूलका सीईओ पराग अग्रवाल र अन्य शीर्ष अधिकारीहरुलाई कम्पनीबाट निकालेका थिए । यसमा सीगल,गाड्डे र एडगेट पनि समावेश थिए ।  

यी सबैजना मिलेर मस्कले घोर लापरवाहि गर्दै आफुहरुलाई निकालेको भन्दै मुद्दा दायर गरेका छन् । उनीहरुले ट्विटरले आफुहरुलाई १२.८ करोड डलर भुक्तानी गर्न बाँकी रहेको बताएका छन् ।   -एजेन्सी 


Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.