Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन

Hyundai Nepal
सम्भावित अर्थमन्त्रीका कारण बजारमा तीव्र स्वीङ, ६% ले बढेको भोलिपल्टै नेप्सेमा ३.३८% को करेक्सन
Nabil Bank Limited

काठमाण्डौ । अर्थमन्त्री फ्याक्टरका कारण सोमबार ६ प्रतिशतले बढेपछि सर्किट लागेका कारण छोटो समय मात्र खुलेको बजारमा मंगलबार भने सोही फ्याक्टरले ३.३८ प्रतिशतको करेक्सन आएको छ ।  

अर्थमन्त्रीको रुपमा बजारमैत्री नेता विष्णु पौडेलको आगमन हुने आशामा लगानीकर्ताहरुले थामिनसक्नु खरिदारी बढाउँदा सोमबारको बजारमा सर्किटमाथि सर्किट लागेको थियो । उच्च मनोबलसहित बजारमा खरीदको चाप बढाएका लगानीकर्ताहरु अर्थमन्त्रीमा पौडेल नआउने, बरु माओवादीका उपमहासचिव वर्षमान पुन आउनसक्ने सम्भावनाको खबरले २४ घण्टा बित्न नपाउँदै निराश देखिए । त्यसकै प्रभावले मंगलबार बजारमा ७०.३१ अंकको करेक्सन आयो ।  

अघिल्लो दिन उछालको गतिमा बढेको बजारमा मंगलबार बिक्री गर्नेको लाइन लागेपछि नेप्से परिसूचक घटेर २००७.६९ विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम ४ अर्ब ११ करोड माथि पुगेको छ। 

Shivam Cement
Sagarmatha Cement

 

विश्लेषकहरुले सोमबार अर्थमन्त्री फ्याक्टरकै कारण बजारमा उछाल आएको र मंगलबार सोही फ्याक्टरले बजार घटाएको प्रष्ट पारेका छन् ।  

बजारका लगानीकर्ताहरुमाझ वर्षमान पुन नै अर्थमन्त्री बन्ने खबर प्रवाह भए पनि पौडेलको सम्भावना अझै टरेको छैन । रास्वपाले गृहमन्त्रालयलाई आफ्नो बटमलाइन बनाएपछि एमालेले अर्थमन्त्रालयमा दाबी पेश गरिरहेको छ । उपप्रधानसहित अर्थमन्त्रीमा विष्णु पौडेललाई पठाउने एमालेको तयारी छ । अहिले सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँड कार्यदलको बैठक बसिरहेको छ । यही बैठकले मन्त्रालय बाँडफाँडको विषय टुङ्गो लगाउने बताइएको छ ।  

शीर्षस्थ नेताहरुले गठबन्धन सरकारमा सहभागी हुने दलहरुको विषय नटुङ्गिएसम्म मन्त्रालय बाँडफाँड नगर्ने प्रष्ट पारिसकेका छन् । यसको अर्थ यदि सरकारमा सहभागी दलहरुको विषयमा आज पनि टुङ्गो लागेन भने मन्त्रालय बाँडफाँडको काम भोलिका लागि थाँती रहनेछ ।  

यसरी हेर्दा सेयर बजारका लगानीकर्ताहरुको अस्थिर मनोबलका कारण हिजो र आज बजारमा फरक परिदृश्य देखियो । अर्थमन्त्री को बन्ने भन्ने विषय नटुङ्गिदै सम्भावनाकै पछाडि लागेर लगानीकर्ताहरुले बजारमा खरीदारी र बिक्री बढाउने काम गरेका छन् । यसलाई कतिपयले भने ‘अपरिपक्वता’को संज्ञा समेत दिएका छन् ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.२४ प्रतिशतले घटेर ३५७.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्, ‘हिजोको बजार बढ्नु पर्ने कुनै कारण थिएन । अर्थमन्त्रिमा विष्णु पौडेल नाम अघि सारेर बजारलाई उछालिएको मात्रै हो ।’ आज विष्णु पौडेल अर्थमन्त्रि नबन्ने देखिएपछि बजारमा भारी गिरावट आउन पुगको उनी बताउँछन् । 

विष्णु पौडेल आएपनि दीर्घकालका लागि बजार स्थिर हुन नसक्ने र बजारको आधारभूत समस्या समाधान हुन नसक्ने उनले बताए । ‘हिजो बजार बढेकाले आज लगानीकर्तालाई सेयर बेचेर बाहिरिन सजिलो भएको छ । ’ 

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्‘ आज बजार घट्नुमा दुईवटा मुख्य कारण छन् । पहिलो कारण विष्णु पौडेल अर्थमन्त्रि नबन्ने देखिनु र अर्को कारण लगानीकर्तामा आत्मबलको कमी देखिनु हो । सरकारमा एमाले रहिरहने हो भने बजार पक्कै पनि बढ्नेछ । ’ 

वर्षमान पुन अर्थमन्त्रि बने चाँहि बजार साइडवेजमा चल्ने उनले बताए । 

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये म्युचुअल फण्डबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । आज म्युचुअल फण्ड सूमह ०.६६ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै गिरावट अन्य समूहमा आएको छ । अन्य समूह आज ४.३५ प्रतिशतले घट्यो । 

यस्तै बैंकिङ समूह ३.०१ प्रतिशत,विकास बैंक ३.६५,वित्त २.७५,होटल ३.६९,हाईड्रो ४.३०,लगानी ३.४८,जीवन बीमा ३.४९ उत्पादन तथा प्रशोधन ४.२०,लघुवित्त १.२७,निर्जीवन बीमा २.६० र व्यापार समूह २.१५ प्रतिशतले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी

आज सोनापुर मिनरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज ४१ करोड ९१ लाख बढीको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोड ६५ लाख,घोराही सिमेन्टको १४ करोड ३१ लाख,जोशी हाईड्रोको १३ करोड १९ लाख र हिमालयन रि इन्स्योरेन्सको १२ करोड ८१ लाख बढीको सेयर कारोबार भएको छ । 

धेरै कमाउने र गुमाउने कम्पनीहरु 

आज गुँरास लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.७३ प्रतिशतले बढेको छ । त्यस्तै महुली लघुवित्तको सेयरमूल्य ४.११ प्रतिशत र मोलुङ हाईड्रोको सेयरमूल्य ३.४१ प्रतिशतले बढेको छ । आज बजारमा दुईवटा कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य १० प्रतिशत र जोशी हाईड्रोको सेयरमूल्य ९.९९ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । यो दिन बोटलर्स नेपाल(तराई)को सेयरमूल्य ९.४५ प्रतिशत,प्रभु इ्रन्स्योरेन्सको ८.६४,बिपिडब्लू लघुवित्तको ८.३१ र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ८.२३ प्रतिशतले घटेको छ । आज ३३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २१३ वटा कम्पनीको सेयरमूल्य घटेको छ ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.