Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नेको र एनएलजीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Global IME Bank Limited
नेको र एनएलजीको मात्रै सेयरभाउ बढ्यो, प्रभु इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३१६ कम्पनीको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका १३ उपसूचकमध्ये म्युचुअल फण्ड समूह मात्रै बढेको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ३.४९ प्रतिशत र निर्जीवन बीमा समूह २.६० प्रतिशतले घटेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीमा कम्पनीहरुमा आज दुई निर्जीवन बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । नेको इन्स्योरेन्सको १.९९ प्रतिशतले बढेर ७९४ रुपैयाँ  ६० पैसा र एनएलजी इन्स्योरेन्सको १.४७ प्रतिशतले बढेर ७६१ रुपैयाँ पुगेको छ ।  

आज सर्वाधिक गुमाउने अर्थात सेयरभाउ घट्ने बीमा कम्पनीमा प्रभु इन्स्योरेन्स रहेको छ । हिजो मात्रै लाभांश प्रस्ताव गरेको प्रभु इन्स्योरेन्सको सेयरभाउ ८.६४ प्रतिशतले घटेर ७३० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, नेपाल रि को ५.९५ प्रतिशत, सुर्यज्योति लाइफको ५.१६ प्रतिशत, रिलायबल नेपाल लाइफको ५.१६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ५.०७ प्रतिशत, एशियन लाइफको ४.५२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ४.४९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ४.४५ प्रतिशत, सानिमा रिलायन्स लाइफको ४.०२ प्रतिशत, सानिमा जिआईसीको ३.९५ प्रतिशत, नेशनल लाइफको ३.८६ प्रतिशत, युनाइटेड अजोडको ३.७० प्रतिशत र हिमालयन लाइफको ३.६६ प्रतिशतले घटेको छ ।  

यसका साथै नेपाल इन्स्योरेन्सको ३.६० प्रतिशत, आइएमई लाइफको ३.५३ प्रतिशत, हिमालयन एभरेष्टको ३.३७ प्रतिशत, सन नेपाल लाइफको ३.१४ प्रतिशत, नेपाल लाइफको ३.०६ प्रतिशत, सिटिजन लाइफको २.४७ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको १.९९ प्रतिशत, हिमालयन रि को १.३७ प्रतिशत, एलआइसी नेपालको ०.९२ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.२३ प्रतिशतले सेयरभाउ घटेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.