आईतवार, भाद्र २३,२०८१ 10:41:08
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:41:08
IME remit
Global IME Bank Limited

‘द ओमोडा ई–फाइभ’ले गर्‍यो ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण, नतिजा उत्साहजनक

Hyundai Nepal
‘द ओमोडा ई–फाइभ’ले गर्‍यो ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण, नतिजा उत्साहजनक
Nabil Bank Limited

काठमाण्डौ । ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल ‘द ओमोडा ई–फाइभ’ले ब्याट्री सम्बन्धी दुई वटा महत्वपूर्ण परीक्षण गरेको छ । कम्पनीले गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिंग परीक्षण गरेको हो ।  

यस गाडीले ती दुवै चुनौती पार गर्दै सवारीको सुरक्षा क्षमताको उच्चतम प्रदर्शन गरेको कम्पनीले जनाएको छ ।

पानी छिचोल्ने वाटर वेडिङ्ग परिक्षणले ओमोडा इ फाइभलाई वाटरप्रुफ, जलरोधक प्रमाणित गरेको छ । परीक्षणका क्रममा, ओमोडा ई– फाइभले गाडीको अगाडीको ग्रिल सम्मको पौखरी सतहकै पानीलाई छिचोलेको थियो । पोखरीको पानीले गाडीको अगाडीको भागको तीन चौथाई भाग छोपेको थियो । 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यसका बावजुद ओमाडा ई–फाइभले पोखरीलाई स्थिर गतीमा पार गर्न सफल भएको कम्पनीले जनाएको छ । सो परीक्षणका क्रममा गाडीमा पानीको चुहावट र विद्युतीय त्रुटी नभएको र  त्यसले कुनै पनि विद्युतीय सचेतनाका खतरा संकेत नबजेको कम्पनीले उल्लेख गरेको छ ।  

उक्त परीक्षणमा अण्डरबडी स्क्रापिंग परीक्षणका निम्ति दुर्घटनाका क्रममा बन्न सक्ने कडा परिवेश श्रृजना गरीएको थियो । जसका निम्ति गाडीलाई वास्तविक अवस्थामा सडकमा आउन सक्ने अवरोध श्रृजना गरी परीक्षण गरीएको हो । यस परीक्षणमा ओमोडा इ फाइभले २१० एमएम उचाइको फलामको पोष्ट पार गरेको थियो । जसले गाडीको संरचनागत पक्षमा महत्वपूर्ण चुनौती खडा गरेको थियो । तल्लो सतहको परीक्षण गरिसकिएपछि पनि ३० एमएम माथि रहँदै अघि बढेको गाडीको ब्याट्रि प्याकमा कुनै क्षति पुगेन । जसले प्रभावकारी सुरक्षाको प्रत्याभूति गरेको छ । गाडीको तल्लो भागमा क्षति पुगे पनि गाडीको संरचनाले सुरक्षा र स्थिरता प्रदान गरेको प्रमाणित गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.