काठमाण्डौ । नेपालका लागि आईचर्स कमर्सियल सवारी साधनको एक मात्र आधिकारिक वितरक बतास एमए डब्लु कमर्सियल भेईकल प्रालिले आईचर्सको इन्जिन आयल भित्राएको छ।
टगालस्थित बतास एमए डब्लु प्रालिको मुख्य कार्यालयमा आयोजित एक समारोहमा कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास ले आईचर्सको इन्जिन आयल भित्राएको जानकारी दिएका हुन् ।
सो कार्यक्रमको अवसरमा कम्पनीजका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आईचर्स इन्जिन आयल र स्पेयर पार्ट्ससहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपाली बजार बिस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन कम्पनी प्रतिवद्ध रहेको उनले बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                