बुधबार, कार्तिक ७,२०८१ 08:01:24
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:24
IME remit
Global IME Bank Limited

बीमालेख धितो कर्जामा करिब एक खर्ब लगानी, पौने ५ अर्ब रुपैयाँ ब्याज आम्दानी

Hyundai Nepal
बीमालेख धितो कर्जामा करिब एक खर्ब लगानी, पौने ५ अर्ब रुपैयाँ ब्याज आम्दानी
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले बीमालेख धितोकर्जा ६ प्रतिशतले बढाएका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ अर्ब ५४ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।

गत वर्षको तुलनामा यस्तो कर्जा प्रवाह ६.१३ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीले ९० अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।  

जीवन बीमा कम्पनीमा बीमालेख धितोकर्जा लिदा बीमितले बीमालेखका अतिरिक्त अन्य कुनै धितो वा जमानी राख्नुपर्दैन । बीमितले कम्पनीमा बुझाएको बीमाशुल्कको आधारमा कम्पनीहरुले कर्जा वितरण गर्न पाउने व्यवस्था छ ।  

नेपाल बीमा प्राधिकरणको प्रावधानअनुसार बीमाशुल्कको आधारमा समर्पण मूल्यांकनपछि कम्पनीहरुले बीमितलाई कर्जा प्रवाह गर्ने गर्दछ । बीमितले बीमालेख धितो राखेर कर्जा लिनको लागि कम्तीमा ३ वर्षसम्म बीमाशुल्क (प्रिमियम) तिरेको हुनुपर्दछ । प्राधिकरणका अनुसार बीमितले तीन किस्ताबापत तिरेको शुल्कको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।  

यस्तो कर्जा प्रवाह गरी जीवन बीमा कम्पनीहरुले ब्याज आम्दानी गरेका हुन्छन् । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याज भन्दा सहुलियत ब्याज लिनुपर्ने व्यवस्था छ । अधिकांश बीमा कम्पनीहरुले यस्तो कर्जाको व्याजदर १० प्रतिशतको हाराहारीमा लिने गरेका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

बीमालेख धितोमा कर्जा कुनको कति ?

१४ जीवन बीमा कम्पनीले चालु आवको ६ महिनासम्म बीमालेख धितोमा ९५ अर्ब ५४ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।  

सबैभन्दा बढी नेपाल लाइफले ३२ अर्ब ७५ करोड रुपैयाँ बीमालेख धितोकर्जा लगानी गरेको छ । त्यस्तै, दोस्रोमा एलआइसी नेपालले २१ अर्ब ९२ करोड रुपैयाँ बीमालेख धितोमा कर्जा लगानी गरेको छ ।  

साथै नेशनल लाइफले ११ अर्ब ३३ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ७ अर्ब ९३ करोड, हिमालयन लाइफले ६ अर्ब ५० करोड, एशियन लाइफले ४ अर्ब ८४ करोड, सूर्यज्योति लाइफले ३ अर्ब ९० करोड, मेट लाइफले १ अर्ब ६६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब २४ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४ करोड, सिटिजन लाइफले ७६ करोड, आइएमई लाइफले ६४ करोड, सन नेपाल लाइफले ५५ करोड र रिलायबल नेपाल लाइफले ४२ करोड रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेका छन् ।  

गत वर्षको तुलनामा सर्वाधिक बीमालेख धितोकर्जा लगानी बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले यस्तो लगानी ४८.१३ प्रतिशतले बढाएको छ । त्यस्तै, सिटिजन लाइफले २०.५३ प्रतिशत, सन नेपाल लाइफले १४.५० प्रतिशत र हिमालयन लाइफले १३.७८ प्रतिशतले बढाएको छ । सबै कम्पनीले बीमालेख धितो कर्जा लगानी बढाउँदा सूर्यज्योति लाइफको भने ०.८६ प्रतिशतले घटेको छ ।  

बीमालेख धितोकर्जाबाट पौने ५ अर्ब रुपैयाँ आम्दानी  

जीवन बीमा कम्पनीहरुले यस्तो कर्जा प्रवाह गरी पौने ५ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छ । चालु आवको दोस्रो त्रैमाससम्म १४ जीवन बीमा कम्पनीले ४ अर्ब ७२ करोड ६७ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।  

यस्तो आम्दानी गत वर्षको तुलनामा २७।०६ प्रतिशतले वद्धि भएको छ । गत वर्षको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ३ अर्ब ७२ करोड रुपैयाँ यस्तो कर्जा प्रवाह गरी आम्दानी गरेका थिए ।  

पुष मसान्तसम्म सबैभन्दा बढी नेपाल लाइफले २ अर्ब ३ करोड रुपैयाँ ब्याजमार्फत आम्दानी गरेको छ । त्यस्तै, एलआइसी नेपालले १ अर्ब ११ करोड, नेशनल लाइफले ४४ करोड, हिमालयन लाइफले ३३ करोड र एशियन लाइफले २७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

गत वर्षको तुलनामा सर्वाधिक यस्तो आम्दानी बढाउनेमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीले ६११ प्रतिशतले ब्याजमार्फत आम्दानी वृद्धि गरेको छ ।  

त्यस्तै, रिलायबल नेपाल लाइफले ५३४.६९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले १२३.८५ प्रतिशत र एशियन लाइफले ९३.३३ प्रतिशतले आम्दानी बढाएका छन् । यता, एलआइसी नेपाल र आइएमई लाइफ इन्स्योरेन्सको भने यस्तो आम्दानी गत वर्षको तुलनामा घटेको छ ।

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.