Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फेसबुक, इन्स्टा नचल्दा प्रयोगकर्ता हैरान, मेटाको प्रवक्ताले भने-'समस्या समाधानको प्रयास जारी छ'

Global IME Bank Limited
फेसबुक, इन्स्टा नचल्दा प्रयोगकर्ता हैरान, मेटाको प्रवक्ताले भने-'समस्या समाधानको प्रयास जारी छ'
Nabil Bank Limited

काठमाण्डौ । मेटा कम्पनीका सामाजिक सञ्जाल प्लेटफर्महरुमा एकाएक समस्या देखिएको छ ।  

विशेष गरी फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरुमा एकाएक समस्या देखिएको हो । लगइन भइरहेका अकाउण्टहरु एकाएक लगआउट हुने, पासवर्ड हाल्दा समेत पासवर्ड नमिलेको वा अन्य केही समस्या भएको म्यासेज आउने समस्या विश्वका लाखौं प्रयोगकर्ताहरुले भोगेका मिडिया रिपोर्टहरुमा जनाइएको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आउटेज ट्याकर डाउनडिटेक्टरमा मात्रै संसारभरका ५ लाख बढी फेसबुक प्रयोगकर्ताले अकाउण्टमा समस्या आएको रिपोर्ट गरेका सिएनएनले जनाएको छ । ५ लाखभन्दा बढी इन्ष्टाग्राम प्रयोगकर्ता तथा १० हजार बढी फेसकुब मेसेञ्जरका प्रयोगकर्ताबाट पनि समस्या आएको रिपोर्ट पोस्ट भएको छ ।  

एलन मस्कको एक्सको प्रतिस्पर्धी प्ल्याटफर्म थ्रेड्स पनि डाउन भएको समाचारमा उल्लेख गरिएको छ । थ्रेड्सका हजारौं प्रयोगकर्ताले केही गडबड भयो, पछि पुनः प्रयास गर्नुहोला भन्ने पपअप म्यासेज देखिएको रिपोर्ट गरेका छन् ।  

मेटाका प्रवक्ता एण्डी स्टोनले एक्समा स्टाटस राख्दै भनेका छन् ः हाम्रा सेवाहरु लिन मानिसहरुलाई निकै ठूलो समस्या भइरहेको विषयमा हामी जानकार छौं । हामी समस्या समाधानका लागि प्रयासरत छौं ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.