Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मुकेश अम्बानीका सम्धीहरु पनि छैनन् सम्पत्तिको मामिलामा कम,सबैभन्दा धनी को ?

Global IME Bank Limited
मुकेश अम्बानीका सम्धीहरु पनि छैनन् सम्पत्तिको मामिलामा कम,सबैभन्दा धनी को ?
Nabil Bank Limited

काठमाण्डौ । एशियाका सबैभन्दा धनी व्यक्ति तथा भारतको सबैभन्दा मूल्यवान कम्पनीका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीका कान्छा छोराको तीनदिने प्रि–वेईडिङ समारोह तामझामका साथ सम्पन्न भएको छ ।  

उनका छोरा अनन्त अम्बानीे राधिका मर्चेन्टसँग आगामी जुलाइ १२ मा विवाह बन्धनमा बाधिन गईरहेका छन् । मुकेश अम्बानीका हुनेवाला तेस्रा सम्धी तथा राधिका मर्चेन्टका बुवा पनि सम्पत्तिको मामिलामा कम छैनन ।  

मुकेश अम्बानी सम्धी वीरेन मर्चेन्ट पनि भारतका धनाढ्यमध्येका एक हुन् । वीरेन मर्चेन्ट हेल्थकेयर कम्पनी इनकोरका सीईओ हुन् । उनको कुल सम्पत्ति करीब ७५५ करोड भारु छ । क्लासिक डान्सरको रुपमा पहिचान बनाएकी राधिका मर्चेन्ट पनि आफ््नो बुवाको कारोबारमा सहयोग गर्ने गर्छिन ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुकेश अम्बानीका अन्य दुई जना सम्धीहरुसँग पनि सम्पत्तिको कुनै कमी छनै । अम्बानीकी छोरी ईशा अम्बानीका सुसुरा अजय पीरामलको कम्पनी पीरामल ग्रुप भारतको सबैभन्दा ठूलो कर्पोरेट घरानामध्ये एक हो । पीरामल इन्टरप्राइजेज फर्मा,हेल्थकेयर तथा वित्तीय सेवासँग सम्बन्धीत छ । पीरामल को सञ्चालक समितिमा अजय पीरामलका साथै उनकी श्रीमती स्वामी पीरामल उपाध्यक्ष छिन् । यसका साथै छोरी नन्दिनी र छोरा आनन्द पीरामल(ईशाका श्रीमान) पनि सञ्चालक समितिमा छन् । फोब्र्सका अनुसार अजय पीरामलको कुल सम्पत्ति ३.२५ अर्ब डलर छ ।  

यस्तै मुकेश अम्बानीका जेठा छोराको ससुरा अरुण रसेल मेहता पनि धनको मामिलामा कम छैनन् । रसेल मेहता भारतका ठूला हिरा व्यापारी हुन् र विश्वका कयौं देशमा उनको कारोबार फैलिएको छ ।  

मेहता रोजी ब्लू कम्पनीका एमडी हुन् । जो विश्वको शीर्ष डाइमन्ड कम्पनीको रुपमा परिचित छ । यो कम्पनीको भारतका २६ शहरमा ३६ वटा स्टोर छन् । यसका साथै कम्पनीले विश्वका १२ देशमा कारोबार गर्ने गर्छ । बिजनेश ट्डेका अनुसार अरुण रसेलको कुल अनमानित सम्पत्ति ३ हजार करोड भारु छ ।  

मुकेश अम्बानीको कुल सम्पत्ति भने १०४ अर्ब डलर रहेको छ । उनी विश्वको ११ औं धनी व्यक्ति हुन् भने एशियाको पहिलो ।  -एजेन्सी

 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.