Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

फेडले ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्य अल टाइम हाई नजिक

Global IME Bank Limited
फेडले ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्य अल टाइम हाई नजिक
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य ‘अल टाइम हाई’ नजिक पुगेको छ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेका कारण सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको हो । पछिल्लो २४ घण्टाको अवधिमा अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.४८ प्रतिशत अर्थात १०.०५ डलरले बढेको छ ।  

योसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार १२४.७ डलर कायम भएको छ ।  

यस्तै चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदीको मूल्य १.४६ प्रतिशत अर्थात ०.३५ डलरले घट्दै प्रतिऔंस २३.६ डलर पुगेको छ ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि गत वर्षको डिसेम्बर ४ मा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यसबेला सुनको मूल्य प्रतिऔंस २ हजार १३५.४० डलर पुगेको थियो । जुन अहिलेसम्मकै धेरै हो ।  

अमेरिकी केन्द्रीय बैंक फेडरेल रिजर्भ(फेड)ले जुन महिनाका लागि ब्याजदरमा कटौती गर्ने सम्भावनाका बीच सुनको मूल्यमा व्यापक वृद्धि भईरहेको छ । सुनको मूल्य र ब्याजदरबीच अप्रत्यक्ष सम्बन्ध रहेको छ । ब्याजदर घट्दा सुनको मूल्य बढ्ने गर्छ भने ब्याजदर बढ्दा घट्ने गर्छ । ब्याजदर कम हुँदा लगानीकर्ताले अन्य वैकल्पिक लगानी जस्तै बोन्डको तुलनामा सुनमा लगानी गर्न उपयुक्त ठान्ने गर्छन । बोन्डले ब्याजदर कम भएका बेला कमजोर प्रतिफल दिने गर्छ ।  

अर्कोतर्फ ब्याजदर कम हुँदा डलर कमजोर हुने गर्छ । जसका कारण अन्तराष्ट्रिय बिक्रीकर्ताका लागि सुनको मूल्य सस्तो पर्न जान्छ । अन्ततःयसले सुनको माग बढाउँछ ।  

विश्लेषकहरुले यस वर्ष सुनको मूल्य सजिलै सँग नयाँ–नयाँ रेकर्ड बनाउने बताएका छन् ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.