काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनीले भियतनाममा १ अर्ब डलरबराबरको ट्रम्प टावर निर्माण गर्ने भएका छन् । ६० तलाको यो भवनको निर्माण अर्को वर्षदेखि हुने जनाइएको छ ।
सुरुवाती चरणमा रहेको यो भवन डोनाल्ड ट्रम्पको पारिवारिक कम्पनी ‘ट्रम्प अग्रनजाइजेशन’को दोस्रो ठूलो परियोजना हो । दक्षिणपूर्वी देश भियतनाम हाल ४६ प्रतिशत टयरिफको विषयमा अमेरिकासँग व्यापारिक छलफलमा रहेको छ ।
ट्रम्प अग्रनाइजेशनका वरिष्ठ अध्यक्ष इरिक ट्रम्पले सर्भे साइटको निरीक्षण गर्न गत साता भियतानामको भ्रमण गरेका थिए । उक्त अवसरमा उनले उत्तरी भियतनाममा रहेको गल्फ रिसोर्टको भ्रमण गरेका थिए । यो गल्फ रिसोर्टलाई प्रधानमन्त्री फाम मिन्हले स्वीकृती दिएका छन् ।
ट्रम्प अग्रनाइजेशनले यो गल्फ रिसोर्टलाई भियतनामी साझेदारले मिलेर सञ्चालन गर्नेछ ।