Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

डिजिटल खतराः बन्यो विश्वकै पहिलो एआई वर्म, क्षणभरमै गर्न सक्छ बैंक खाता खाली

Global IME Bank Limited
डिजिटल खतराः बन्यो विश्वकै पहिलो एआई वर्म, क्षणभरमै गर्न सक्छ बैंक खाता खाली
Nabil Bank Limited

काठमाण्डौ । वर्तमान समयमा डिजिटल संसार द्रुत गतिमा अघि बढिरहेको छ । डिजिटल विकासको गतीलाई एआई च्याट जीपीटी,जेमिनी र को–पाइलटलले डोर्याईरहेका छन् ।  हामी कृत्रिम बौद्धिकता(एआई)द्वारा सञ्चालित प्लेटफर्महरूको वेबले घेरिएका छौ ।  

जसलाई हाम्रा धेरैजसो समस्याहरू समाधान गर्न विकास गरिएका छन् । डाईट योजना देखि लिएर कोड लेख्नसम्म एआईको सहारा लिन सकिन्छ । तथापी एआई इकोसिस्टमप्रति बढ्दो निर्भरता र फैलावटले नयाँ खतराहरू पनि जन्माएको छ । जसले सोचेभन्दा पनि ठूलो हदसम्म हानि पुर्‍याउन सक्छ।

यस्तैमा एउटा खतराको रुपमा एआई वर्मको विकास भएको छ । जसले तपाईको गोप्य डेटा चोर्न सक्छ र एआई जेनेरेटिभ प्रणालीहरूद्वारा राखिएका सुरक्षा पर्खालहरू भत्काउन सक्छ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

वायर्डको एक रिपोर्टका अनुसार, कोर्नेल युनिर्भसिटी, टेक्नीयन इजरायल इन्स्टिच्युट अफ टेक्नोलोजी र इन्टुइटका अनुसन्धानकर्ताहरूले मोरिस आईआई नामक नयाँ प्रकारको एआई जेनेरेटेड मालवेयर विकास गरेका छन् । यसलाई सन् १९८८ मा विकास गरिएको विश्वको पहिलो इन्टरनेट वर्मको नाम दिइएको छ ।  यसले अहिले चर्चित भएका एआई मोडलहरु जस्तै च्याट जीपीटी र जेमिनीमा भएको सुरक्षा कमजोरीहरूबाट फाइदा लिन सक्छ । ‘यसको अर्थ यो हो कि अब तपाईसँग नयाँ प्रकारको साइबर आक्रमण गर्ने क्षमता छ जुन पहिले देखिएको थिएन ।’ कोर्नेल टेकका अनुसन्धानकर्ता बेन नासी बताउँछन्।

यस नयाँ एआई मालवेयरको विकास तथा अध्ययन नियन्त्रित वातावरणमा सञ्चालन गरिएको थियो र वास्तविक संसारमा अहिलेसम्म त्यस्तो कुनै मालवेयर देखिएको छैन । तर यो नयाँ प्रकारको मालवेयर, डेटा चोरी गर्न वा लाखौ मानिसलाई स्पाम इमेलहरू पठाउन प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धानकर्ताहरु चिन्तित छन् । अनुसन्धानकर्ताहरुले यो एक सम्भावित सुरक्षा जोखिम भएको र विकासकर्ताहरू र प्राविधिक कम्पनीहरूले यसलाई सकेसम्म चाँडो सम्बोधन गर्नुपर्ने चेतावनी दिएका छन् ।  

यो मोरिस आईआई लाई डरलाग्दो कम्प्युटर वर्म जस्तै मान्न सकिन्छ । यसको काम एआई प्रयोग गर्ने इमेल असिस्टेन्टहरुसँग गडबड गर्नु हो ।  

सुरुमा, मोरिस आईआईले ‘एडभर्सियल सेल्फ रिप्लीकेशन ’को डरलाग्दो चाल प्रयोग गर्छ। यसले बारम्बार सन्देशहरू फर्वार्ड गरेर ई–मेल प्रणालीलाई बमवार्ड गर्न सक्छ । यसले इमेल सहायकको पछाडि रहेको एआई मोडेलहरू भ्रमित पार्ने गर्छ र या त जानकारी चोर्न वा मालवेयर जस्ता हानिकारक वर्म फैलाउन सक्छ ।  

एआई असिस्टेन्टमा पहुँच पुगेपछि मोरिस आईआईले एआई असिस्टेन्ट भित्र सुरक्षा प्रोटोकलहरू उल्लङ्घन गर्नुका साथै प्रयोगकर्ताको गोपनीयतामा पनि खतरा निम्त्याउँछ। जेनेरेटिभ एआईको क्षमताहरूको शोषण गरेर वर्मले इमेलहरूबाट नाम, फोन नम्बर, क्रेडिट कार्ड विवरणहरू, र सामाजिक सुरक्षा नम्बरहरू सहित संवेदनशील जानकारी निकाल्न सक्छ।

अहिलेको लागि, यो एआई वर्म एक नयाँ अवधारणा मात्रै हो र वास्तविक संसारमा अहिलेसम्म देखिएको भने छैन । यद्यपि, यो एक सम्भावित सुरक्षा जोखिम भएको र विकासकर्ताहरू र कम्पनीहरूलाई सचेत हुन आवश्यक छ रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.