मंगलवार, असार १७,२०८२ 01:40:41
  • मंगलवार, असार १७,२०८२ 01:40:41
Global IME Bank Limited

सर्वसाधारणको पहुँचबाट टाढिदै सुन, मूल्यले दिन–दिनै नयाँ उचाई चुम्दै

Hyundai Nepal
सर्वसाधारणको पहुँचबाट टाढिदै सुन, मूल्यले दिन–दिनै नयाँ उचाई चुम्दै
Nabil Bank Limited

काठमाण्डौ । सुनको मूल्य आम सर्वसाधारणको पहुँचबाट टाढिदै गएको छ । सुनको मूल्यले दिनकै नयाँ उचाई चुमिरहेको छ । यसै क्रममा आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य महिलेसम्मकै उच्च  हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५ सयले वृद्धि भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँ पुगेको थियो ।  

फागुन २२ गते पनि प्रतितोला २ हजारले बढ्दै सुनको मूल्य १ लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख २२ हजार ४ सय रुपैयाँ पुगको थियो ।  

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४७० रुपैयाँमा कारोबार भईहरको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भईरहेको वृद्धिको प्रभाव नेपाली बजारमा समेत परिरहरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना,बढ्दो मुद्रास्फिती, विश्वका केन्द्रीय बैंकले सुनको भण्डारमा गरेको वृद्धि र बदलिदो भू–राजनीतिक घटना जस्ता कारणले अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य व्यापक वृद्धि भईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.