Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुने

Global IME Bank Limited
सिंगटी हाइड्रोको १.१६ करोड कित्ता सेयरको लक इन अवधि चैत २६ गते समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको लक इन समयावधि आगामी चैत २६ गते समाप्त हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो ।  

कम्पनीको संस्थापक सेयर, कर्मचारीका लागि जारी गरेको सेयर र स्थानीय बासिन्दाका लागि निष्कासन गरेको सेयरको लक इन अवधि सकिन लागेको हो । धितोपत्र बोर्डले कम्पनीलाई लक इन अवधि समाप्त गर्नका लागि गत मंसिर २५ गते निर्देशन दिएको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको १ करोड १ लाख ५० हजार कित्ता संस्थापक सेयर,१४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी सेयर र ५८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको गरी कुल १ करोड १६ लाख ५८ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४५ करोडको १० प्रतिशतले हुन आउने १४ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि र कर्मचारीका लागि छुट्टाइएको २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर  बाँडफाँड २०७७ चैत २७ गते गरेको थियो ।    

धितोपत्र बार्डले कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।  

यो अवधिसम्म संस्थापक,कर्मचारी र स्थानिय बासिन्दाले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न पाउदैनन् ।  

कम्पनीको लक इन समयावधि समाप्त भएसँगै यी सबै सेयर सर्वसाधारण सेयरमा परिणत हुनेछन् । र सेयरधनीले आफ्नो भागमा परेको सेयर खरिद बिक्री गर्न पाउने छन् ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.