Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

Global IME Bank Limited
खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने
Nabil Bank Limited

काठमाण्डौ । विश्वको सबैभन्दा महत्त्वपूर्ण व्यापार मार्गहरू मध्ये एक पानामा नहरमा पानीको सतह घट्दा पानी जहाजको आवतजावतमा ३६ प्रतिशत कटौति गरिएको छ ।

गत वर्ष देखिएको भिषण खडेरीका कारण नहरमा पानीको सतह घट्दा अधिकारीहरुले नहर भएर यात्रा गर्ने जहाजको यात्रा कटौति गरेका हुन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पानामाका अधिकारीहरूले बुधबार नयाँ कटौती घोषणा गरेका हुन् । 

नहर प्रशासकहरूले पानीको स्तर  घट्दा सन् २०२४ मा ५ सय करोड डलर देखि ७ सय करोड डलरसम्म घाटा हुने अनुमान गरेका छन् ।मध्य अमेरिकी राष्ट्रमा अहिलेसम्मकै सबैभन्दा गम्भीर खडेरीले ५० माइलको सामुद्रिक मार्गमा तनाव सिर्जना भएको छ ।

जसले गर्दा जहाजको ट्राफिक जाम बढाउनुका साथै अन्तर्राष्ट्रिय ढुवानीका लागि नहरको विश्वसनीयतामा शंका उत्पन्न भएको छ । यसका साथै विश्वव्यापी व्यापारमा यसको असरबारे चिन्ता बढाएको छ।

बुधवार, पनामा नहर प्रशासक रिकार्टे भास्क्वेजले दैनिक जहाज २४ वटा आवतजावतमा कटौती गरिने बताएका छन् । 

नहर अधिकारीहरूले खडेरीका लागि एल निनो मौसम घटना र जलवायु परिवर्तन जिम्मेवार रहेको बताएका छन् । यसका साथै उनीहरुले पनामाले नहरको सञ्चालन र मानव उपभोग दुवैको लागि नयाँ पानीका स्रोतहरू खोज्न आवश्यक रहेको बताएका छन् । 

नहर भर्ने एउटै तालले ४० लाखभन्दा बढी जनसंख्या भएको पनामाको ५० प्रतिशतभन्दा बढीलाई पनि पानी उपलब्ध गराउँछ ।-एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.