Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

भारतको विकासबाट प्रभावित बिल गेट्स, अमेरिका पुगेर पनि भुल्न सकेनन् डली चायवालाको चियाको स्वाद

Global IME Bank Limited
भारतको विकासबाट प्रभावित बिल गेट्स, अमेरिका पुगेर पनि भुल्न सकेनन् डली चायवालाको चियाको स्वाद
Nabil Bank Limited

काठमाण्डौ । माइक्रोसफ्टका संस्थापक तथा विश्वका धनाढ्य बिल गेट्सले भारतको विकासबाट एकदमै प्रभावित भएको बताएका छन् । मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाह समारोहमा सहभागी हुन भारत भ्रमणमा आएका गेट्सले भ्रमणबारे प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् ।  

‘गत साता भारत जाने मेरो इच्छा पुरा भयो । अहिले म घर(अमेरिका)मा छु र म फेरी अर्को भ्रमणका लागि भारत जान तीव्र इच्छुक छु ।’बिल गेट्सले आफ्नो ब्लगमा लेखेका छन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदीदसँगको भेटघाटका बारेमा चर्चा गर्दै गेट्सले दुईबीच भारतको केहि क्षेत्रमा लक्ष्य प्राप्ति गर्न गेट्स फाउण्डेशनले खेलेको भुमिकाका बारेमा छलफल भएको बताएका छन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘मैले प्रधानमन्त्री नरेन्द्र मोदी र उनको क्याबिनेट मन्त्रिहरुसँग एक घण्टा लामो छलफल गर्ने मौका पाएको थिए । यस क्रममा भारतको डिजिटल प्रविधि,महिलामैत्रि विकास,कृषि स्वास्थ्य र जलवायू परिवर्तन अनुसन्धानमा भारतको लक्ष्यमा गेट्स फाउण्डेशनले कसरी सहयोगलाई निरन्तरता दिन सक्छ भन्ने विषयमा छलफल भयो ।’उनले लेखेका छन् ।  

ब्लगमा उनले हैदराबाद र भुवनेश्वर भ्रमणका बारेमा समेत चर्चा गरेका छन् । उनले यो भ्रमणमा इन्फोसिसका सह–संस्थापक नन्दन निलेकानी र चिया बनाउने बेग्लै अन्दाजका कारण सामाजिक सञ्जालमा भाइरल डली चायवालालाई भेटेका थिए ।  

गेट्स लेख्छन्,‘मैले डली चाय वालाको हातबाट मिठो चिया पिए । जुन जेट भ्रमणका थकान मेटाउनका लागि उपयुक्त थियो । मैले धेरै लामो समयदेखि चिनजान भएका इन्फोसिसका सह–संस्थापकल नन्दन निलेकानीलाई पनि भेटे । उनले भेटका क्रममा वर्तमान डिजिटल सार्वजनिक पूर्वाधारका बारेमा भईरहेको तीव्र विकासका बारेमा बताएका थिए ।’

यस्तै गेट्सले दिल्लीको ‘इन्डियन इन्स्टीच्युट अफ टेक्नोलोजीको भ्रमण फलदायी रहेको र विद्यार्थीहरुले विश्वका समस्याहरु समाधान गर्न आशावादी उपायहरु प्रस्तुत गरेको बताएका छन् ।  

अनन्त अम्बानीको विवाह समारोहमा सहभागी भए्र गेट्सले भारत भ्रमणको अन्त्य गरेका थिए ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.