बुधबार, कार्तिक ७,२०८१ 08:01:25
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:25
IME remit
Global IME Bank Limited

हकप्रददेखि नियामकको अस्थिर नीतिको भारीले थिच्यो बीमा कम्पनीलाई, सेयरमूल्यमा छैन आकर्षण

Hyundai Nepal
हकप्रददेखि नियामकको अस्थिर नीतिको भारीले थिच्यो बीमा कम्पनीलाई, सेयरमूल्यमा छैन आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । माघ महिनादेखि चैतको अन्त्यसम्म बीमा कम्पनीहरुको लागि लाभांश घोषणा समय मानिन्छ । बैंक वित्तीय संस्था र अन्य कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुले केही ढिला लाभांश घोषणा गर्छन् ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई पुनर्बीमा कम्पनीसहित कुल २६ वटा बीमा कम्पनी सूचीकृत छन् । जसमध्ये २० कम्पनीले लाभांश सम्बन्धी निर्णय गरिसकेका छन् भने ६ वटा कम्पनीले लाभांश घोषणा गर्न बाँकी नै छ । 

Bizshala
Shivam Cement
CG Motors

लाभांश सम्बन्धी निर्णय गरिसकेका २० वटा बीमा कम्पनीमध्ये १२ कम्पनीले मात्रै लाभांश दिने निर्णय गरेका छन् भने ८ कम्पनीले शेयरधनीलाई निराश बनाएका छन् ।  

बजार जानकारकाअनुसार धितोपत्र दोस्रो बजारमा फागुन र चैत महिना बीमा कम्पनीको सेयरमा लगानी गर्न उचित समय मानिन्छ । यो दुई महिनाको अन्तरालमा बीमा कम्पनीहरुले लाभांश घोषणा गर्ने भएकाले लगानीको लागि उचित समय हुन सक्ने लगानीकर्ताहरुको भनाई छ ।  

तर पछिल्लो केही समययता बीमा कम्पनीहरुको सेयरमा लगानीकर्ताहरुको आकर्षण घट्दै गइरहेको छ । एक त अधिकांश बीमा कम्पनीले नाफा सञ्चित गर्ने र सेयरधनीलाई नबाँड्ने निर्णय गर्नु र अर्को लाभांश प्रस्ताव गरेका कम्पनीको समेत दर घट्दै जानुले आकर्षण घट्दै गएको बुझ्न सकिन्छ ।  

बीमा कम्पनीहरुमा सर्वाधिक लाभांश प्रस्ताव गरेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा समेत लगानीकर्ता खासै आकर्षित छैनन् । कम्पनीको सेयरभाउ ६ सय रुपैयाँमाथि समेत उक्लिन सकेको छैन र कारोबारमा समेत चहलपहल देखिँदैन ।  

त्यस्तै, नेप्सेमा सूचीकृत हुनासाथ सर्वाधिक कारोबार भएको हिमालयन रि इन्स्योरेन्सको सेयरमा समेत रौनक घट्दै गएको छ । कम्पनीले ४ प्रतिशत बोनस सेयर र ८० प्रतिशत हकप्रद ल्याउने विषयले समेत लगानीकर्ता आकर्षित देखिंदैनन् ।  

बजारमा ‘हट केक’ बन्न पुगेको हिमालयन रि इन्स्योरेन्सको सेयर पछिल्लो केही दिनयता सेलाउन पुगेको छ । लाभांश प्रस्ताव गरिसकेका १२ बीमा कम्पनीको सेयरमा लगानीकर्ताको कुनै चाख देखिएको छैन । बजारमा अल्पकालिन लगानीकर्ताको हाबी हुँदा लाभांश खानु भन्दा पनि चाँडो नाफा कमाउनतर्फ लाग्दा लाभांश घोषणा गरेका कम्पनीको सेयरभाउ माथि उक्लिन नसक्नु बजार जानकारहरुको भनाई छ ।  

सेयरबजारमा दीर्घकालिन लगानी गर्न नचाहाँने लगानीकर्ता बढी हुँदा इन्स्योरेन्सहरुको सेयरभाउ माथि उक्लिन नसकेको बजार जानकार सरोज भट्टराई बताउँछन् । ३–४ वर्षयता छिरेका नयाँ लगानीकर्ताहरुमा कम्पनीहरुले प्रस्ताव गरेको लाभांशले मन जित्न नसक्दा सेयरभाउ बढ्नुपर्ने सट्टा उल्टै घट्दै गइरहेको भट्टराईको भनाई छ ।  

‘बजारमा सर्वाधिक हाइड्रोपावर कम्पनीहरु धेरै छन्, पछिल्लो समयका धेरैजसो लगानीकर्ताहरुले प्राविधिक विश्लेषण हेर्न थालेपछि अल्पकालिन लगानीमा हाबी हुन थालेको छ, सो खालका लगानीकर्ताको नजरमा बढी हाइड्रोपावर कम्पनी पर्ने गर्छन’ उनले भने, ‘विगतमा हाइड्रोपावर कम्पनीको संख्या कम हुँदा सेयर लगानीकर्ताको नजरमा बैंक र बीमा पर्ने गर्दथ्यो, बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेको दिन नेप्से सूचक बढेको इतिहासमा रेकर्ड समेत छ ।’

साथै बीमा कम्पनीहरुले पछिल्लो समय दिएको राइट सेयर लगानीकर्ताका लागि अनावश्यक भारी भएकाले सेयरभाउ माथि उक्लिन नसकेको भट्टराईको भनाई छ । बीमा कम्पनीहरुले बजारमा हकप्रदमार्फत सेयर संख्या थप्दा झनै मूल्य घट्न पुगेको भट्टराई बताउँछन् ।  

‘आधारभूत पक्ष बलिया भएका बीमा कम्पनीहरुको सेयरभाउ राम्रो हुँदाका वाबजुत पनि राइट सेयर जारी गरेर झनै लगानीकर्तालाई भारी भएको छ’ उनले भने, ‘सूचीकृत सेयर संख्या बढ्न जाँदा बजारमा सप्लाई बढी हुन्छ र सेयरभाउ घट्दै जाने हुन्छ ।’  

साथै बीमा कम्पनीहरुको प्रोमोटर सेयर बिक्री गरी संस्थापक बाहिंरिदा पनि यसको प्रत्यक्ष असर सेयरभाउमा पुग्ने उनी बताउँछन् । ‘लगानीकर्ताहरुमा आफुले लगानी गरेको कम्पनीबाटै संस्थापक बाहिंरिदा प्रतिफल नपाउने डर र विश्वास समेत गुम्दै जान्छ’ उनले भने, ‘सर्वसाधारण सेयरधनीहरुले समेत कम्पनीमा जोखिम बढ्ने होकी भन्ने त्रासले सेयर धमाधम बिक्री गर्न थाल्छन् जसकारण मूल्य घट्ने सम्भावना बढी हुन्छ, नेपाल रि इन्स्योरेन्सको हकमा पछिल्लो समय संस्थापक सेयरधनीहरु धमाधम बाहिंरिदै गएका छन् ।’  

बीमा कम्पनीहरुको सेयरभाउ घट्दै जानुमा नियामक निकाय नेपाल बीमा प्राधिकरण समेत जिम्मेवार रहेको भट्टराई बताउँछन् । प्राधिकरणले बीमा कम्पनीको व्यवसाय बढाउनुको साटो पुँजी बढाउने विषयलाई मात्रै जोड दिंदा दोस्रो बजारमा सेयरभाउ उतारचढाव हुन पुगेको उनको भनाई छ ।  

‘बीमा कम्पनीको सेयरभाउ घट्नु र लाभांश क्षमता घट्दै जाुनमा बीमा प्राधिकरण मुख्य दोषी छ, प्राधिकरणले बीमा कम्पनीको व्यवसाय बढाउन भन्दा पनि क्यापिटल मात्रै बढाउने चेष्टा गरिरहेको छ’ उनले भने, ‘बिजनेश ग्रोथ कम र पुँजी मात्रै थपिंदा कम्पनीहरुको लाभांश क्षमता घट्दै गएको हो यो समग्र बजारको लागि राम्रो होइन ।’

त्यस्तै अर्का बजार जानकार निमानन्द कंडेल पनि बीमा कम्पनीको लाभांश क्षमता घट्दै जानुले लगानीकर्ताको आकर्षण घट्दै गएको बताउँछन् । बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजी पुगिसकेको कम्पनीले लाभांश थोरै दिंदा लगानीकर्ताहरु आकर्षित नभएको उनको भनाई छ ।  

‘चुक्तापुँजी पुगिसकेका बीमा कम्पनीहरुले लाभांश नदिने र दिन लागेकाले समेत थोरै लाभांश प्रस्ताव गर्दा बीमा कम्पनीको सेयरमा चार्मिङ घटेको हो’ उनले भने, ‘केही कम्पनीहरुको राइट सेयर आउने हल्लाले थोरै आकर्षण देखिएपनि वास्तवमा पछिल्लो समयबीमा कम्पनीहरुमा खासै लगानीकर्ता आकर्षित छैनन् ।’

साथै बीमा प्राधिकरणले अन्यौलता पैदा गर्दा लगानीकर्ताहरु मर्कामा परेको उनी बताउँछन् । ‘प्राधिकरणले बजार प्रभावित पार्ने गरी लगानीकर्ताहरुमा अन्यौलता पैदा गरिरहेको छ, कहिले आईपीओबाट थप हुन आएको प्रिमियमबाट बोनस बाँड्न पाउने कहिले नपाउने र कहिले फलानो कम्पनीलाई राइट सेयर दिने कहिले नदिने जस्तो कुराले लगानीकर्तामा अन्यौलता सिर्जना भएको छ’ उनले भने, ‘प्राधिकरण आफैं आफ्नो निर्णयमा स्थिर हुन नसक्दा बीमा कम्पनीको स्टक उठाउँ कि नउठाउँ भन्ने लगानीकर्तामा दोधारपन अझैपनि छ ।’

समग्र घट्दो बजारको अवस्थाले लाभांश प्रस्ताव गरेका कम्पनीको सेयरमा समेत लगानीकर्ता आकर्षित नहुने कंडेल बताउँछन् । ‘बजार साइड वेज हुँदा डिभिडेन्डमा लगानीकर्ता आकर्षित हुँदैनन्, त्यसैमाथि बीमा कम्पनीहरुले यो वर्ष लाभांश थोरै प्रस्ताव गरेका छन्’ उनले भने, ‘लगानीकर्ताहरुमा कुनै पनि कम्पनीको सेयर होल्ड गरेर लाभांश खान्छु भन्ने धैर्यता छैन, बीमा कम्पनीहरुको लागि यो लाभांश सिजन हो तर बजारमा लाभांश खाने लगानीकर्ता नहुँदा समग्र बीमा कम्पनीको सेयरमा आकर्षण नदेखिएको हो ।’

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.