Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या

Global IME Bank Limited
वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या
Nabil Bank Limited

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । 

एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखापरेका चुनौतीहरुका विषयमा समेत जानकारी गराएका थिए ।  

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्य पक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।  

अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताए ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.