Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

खराब कर्जाले थलिने अवस्थामा नेपाल बैंक: नाफामा पहिरो, वितरणयोग्य मुनाफा नेगेटिभ

Global IME Bank Limited
खराब कर्जाले थलिने अवस्थामा नेपाल बैंक: नाफामा पहिरो, वितरणयोग्य मुनाफा नेगेटिभ
Nabil Bank Limited

काठमाण्डौ । सरकारको निकै ठूलो लगानी रहेको नेपाल बैंक लिमीटेडको नाफामा पहिरो गएको छ ।  

बैंकले शनिवार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  

समीक्षा अवधिमा नेपाल बैंकको खूद नाफा घटेर ५९ करोडमा सीमित बन्न पुगेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब १७ करोड माथि रहेको थियो । यसरी बैंक पछिल्लो समय थप कमजोर बन्दै गएको देखिन्छ ।  

बैंकको अवस्था डामाडोल बनेका कारण दोश्रो त्रैमाससम्मको वितरणयोग्य मुनाफा ५६ करोड ९० लाखले ऋणात्मक बन्न पुगेको छ । प्रतिसेयर वार्षिकीकृत वितरणयोग्य मुनाफा दर ७.७५ रुपैयाँले नेगेटिभ बन्न पुगेको छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कुल १४ अर्ब ६९ करोड चुक्तापूँजी रहेको यो बैंकले समीक्षा अवधिमा ७६ करोड २५ लाख सञ्चालन मुनाफा गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो मुनाफा १ अर्ब ५१ करोड माथि थियो ।  

खराब कर्जा ह्वात्तै बढेर इम्पेयरमेन्ट चार्जमा कमाएको ठूलो रकम प्रभिजन गर्नुपर्दा यो कम्पनीको वित्तीय अवस्था दयनीय बन्न पुगेको देखिन्छ । चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म नेपाल बैंकले २ अर्ब ७ करोड बढी इम्पेयरमेन्ट चार्जको रुपमा छुट्याउनुपरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५१ करोड २१ लाख रुपैयाँ मात्र इम्पेयरमेन्ट चार्जमा प्रभिजन गर्नुपरेको थियो ।  

बैंकले व्यवसाय विस्तार राम्रै गरे पनि प्रवाह भएका निकै धेरै लोन खराब भएपछि अवस्था डामाडोल बन्न पुगेको देखिन्छ । उदाहरणका लागि बैंकले दोश्रो त्रैमाससम्ममा ४ अर्ब ६३ करोड बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म ३ अर्ब ८४ करोड मात्र खूद ब्याज आम्दानी गरेको थियो । यसरी बैंकले व्यवसाय बिस्तार गरी खूद ब्याज आम्दानीमा राम्रै बढोत्तरी गरे पनि लोनहरु बिग्रिँदा समस्या जटिल बन्न पुगेको हो ।  

खूद मुनाफामा पहिरो जाँदा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ८.०३ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्षको यही अवधिसम्म इपीएस १५ रुपैयाँ ९३ पैसा थियो ।  

अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खराब कर्जा अनुपात ३.११ प्रतिशत रहेकोमा बढेर यो वर्ष ४.५० प्रतिशत पुगेको छ । यो भनेको खतराको घण्टी हो । केन्द्रीय बैंकले खराब कर्जाको अनुपातलाई ५ प्रतिशतभित्र नराखे बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाही गर्ने गरेको छ ।

समीक्षा अवधिसम्म २ खर्ब ५८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ८१ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकले २ खर्ब ४४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब बढी लोन प्रवाह गरेको थियो ।  

पुस मसान्तसम्मको दोश्रो बजार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात २९.३७ गुणा, प्रतिसेयर नेटवर्थ २५२.५४ रुपैयाँ रहेको छ ।  

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.