Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

नवीकरणको भरमा चल्न थाल्यो जीवन बीमा कम्पनीको व्यवसाय, प्रथम बीमा शुल्क आर्जन जम्मा १८%

Global IME Bank Limited
नवीकरणको भरमा चल्न थाल्यो जीवन बीमा कम्पनीको व्यवसाय, प्रथम बीमा शुल्क आर्जन जम्मा १८%
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । अधिकांश कम्पनीले नयाँ व्यवसाय बढाउन सकेका छैनन् ।  

चालु आर्थिक वर्षको ७ महिनासम्ममा १४ जीवन बीमा कम्पनीले ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जसमा ८१.४५ प्रतिशत अर्थात् ७० अर्ब ७७ करोड २ लाख रुपैयाँ नवीकरणमार्फत मात्रै संकलन भएको छ ।  

यता नयाँ व्यवसायमार्फत जीवन बीमा कम्पनीले कुल व्यवसायको १८.५५ प्रतिशत अर्थात १६ अर्ब ११ लाख ६ हजार रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत वर्षको यसै अवधिसम्मको तुलनामा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क ५.७३ प्रतिशतले बृद्धि भएको छ भने प्रथम बीमा शुल्क २.११ प्रतिशतले घट्न पुगेको छ ।  

तथ्याङ्कअनुसार जीवन बीमा कम्पनीहरुको व्यवसाय नवीकरण बीमा शुल्कले धानेको छ । पछिल्लो समय देशको अर्थतन्त्र विस्तारै सुधार हुँदै गर्दा समेत जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन सकेका छैनन् ।  

नेपाल बीमा प्राधिकरणले ग्रामिण भेगका स्थानीयलाई समेत समेटेर बीमाको दायरा बढाउन प्रयास गरेपनि जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बृद्धि हुन सकेको छैन । माघ महिनासम्ममा ४३.१४ प्रतिशत जनसंख्या मात्रै बीमाको दायरामा छन् । यसर्थ ५६.८६ प्रतिशत अर्थात आधा भन्दा बढी जनसंख्या बीमाको दायरामा छैनन् ।  

प्राधिकरणले बीमाको दायरा बढाउन वा स्थानीय तहका जनसंखयालाई समेत बीमामा सामेल गराउन विभिन्न स्थानीय निकायसहरुसँग समन्वय गरेर बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै आइरहेको छ । तरपनि बीमाको दायरा गत वर्षको तुलनामा १.५६ प्रतिशतले घट्न पुगेको छ ।  

यता जीवन बीमा कम्पनीहरुले समेत सोचेजस्तो नयाँ व्यवसाय बढाउन सकिरहेका छैनन् । १४ मध्ये ९ वटा कम्पनीले प्रथम बीमा शुल्क आर्जन गत वर्षको तुलनामा घटेको छ । सर्वाधिक सन नेपाल लाइफको २२.०६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको २६.४६ प्रतिशतले नयाँ व्यवसाय खस्किएको छ ।  

बाँकी ५ वटा कम्पनीले भने नयाँ व्यवसायमा सुधार गरेको छ । सर्वाधिक नेपाल लाइफले २१.३० प्रतिशतले बढाएको छ । त्यस्तै नेशनल लाइफले १८.७१ प्रतिशत, आइएमई लाइफले ७.५४ प्रतिशत, एशियन लाइफले ६.३३ प्रतिशत र मेट लाइफले २.७३ प्रतिशतले नयाँ व्यवसाय बढाएका छन् ।  

यता नवीकरण बीमा शुल्क भने सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको बढेको छ । सर्वाधिक प्रभु महालक्ष्मी लाइफले २८.६५ प्रतिशतले नवीकरण बीमा शुल्क बढाएको छ ।  

आर्थिक मन्दीका कारण अधिकांश जीवन बीमा कम्पनीले नयाँ व्यवसाय बढाउन नसकेको जीवन बीमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषकराज पौडेलले बताए । विस्तारै अर्थतन्त्र सुधार हुँदै गएपनि जीवन बीमा कम्पनीको नयाँ व्यवसाय बढ्न समय लाग्ने पौडेलले बताए ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.