Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह

Global IME Bank Limited
पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका राजनीतिक दलको आग्रह
Nabil Bank Limited

ताप्लेजुङ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा ९मुकुलुङ० मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् ।  

जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ–आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरुगर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो ।  

उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्ने सहमति गरेका हुन् ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरुले केवलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए ।  

आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने  योजना रहेको छ ।  

ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.