Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सुनको मूल्य छोइनसक्नु, आज पनि प्रतितोला १ हजारले बढ्यो

Global IME Bank Limited
सुनको मूल्य छोइनसक्नु, आज पनि प्रतितोला १ हजारले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । आज पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजावी सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।  

यसससँगै आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको छ ।  यो मूल्य महिलेसम्मकै उच्च  हो । अघिल्लो दिनसम्म छापावाला सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २४ हजार ४ सय रुपैयाँ कायम थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत फागुन १७ गतेदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भईरहेको छ । फागुन १७ गते प्रतितोला २ सयले वृद्धि भएको सुनको मूल्य फागुन १८ गते ६ सय,फागुन २० गते २ हजार,फागुन २२ गते २ हजार,फागुन २३ गते ५ सय र फागुन २४ गते १ हजार ५ सय रुपैयाँले वृद्धि भएको थियो । यसरी एक साताको अवधिमा सुनको मूल्य प्रतितोला ७ हजार ८ सय रुपैयाँले वृद्धि भईसकेको छ ।  

आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ ।चाँदीको मूल्य प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भईहरको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा भईरहेको वृद्धिको प्रभाव नेपाली बजारमा समेत परिरहरेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना,बढ्दो मुद्रास्फिती, विश्वका केन्द्रीय बैंकले सुनको भण्डारमा गरेको वृद्धि र बदलिदो भू–राजनीतिक घटना जस्ता कारणले अन्तराष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य व्यापक वृद्धि भईरहेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.