Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बजारमा दोहोरो अंकको बढोत्तरी,‘अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण हरियाली’

Global IME Bank Limited
बजारमा दोहोरो अंकको बढोत्तरी,‘अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिका कारण हरियाली’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक २२.१० अंक अर्थात १.०८ प्रतिशतले बढेर २०५२.६५ विन्दुमा पुगेको छ ।  

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.१८ प्रतिशतले बढेर ३६४.५३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ४३ हजार ४५७ कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार महेश रिजाल भन्छन्,‘नयाँ अर्थमन्त्रीको सकारात्मक अभिव्यक्तिले बजार पनि सकारात्मक बनेको छ । अब अर्थमन्त्रीले केहि कामहरु पनि गरेर देखाउने बेला आएको छ । जोखिम भार हटाउने र वित्तीय संस्थाहरुलाई अल्पकालिन लगानी गर्ने बाटो खुला गर्ने र संस्थाहरुको क्याप हटाउने जस्ता कार्यहरु भएमा बजारले गति लिनेछ । ’

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपी आज कारोबारबाट हेर्दा भने लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । सरकारले विश्वासको मत लिएपछि बजारले एउटा गति लिने रिजालको विश्लेषण रहेको छ ।  

अर्का बजार जानकार केशव कोइराला(काका) पनि अर्थमन्त्रीको सकारात्मक अभिव्यक्ति कै कारण बजार बढेको बताउँछन् । माओवादीको अर्थमन्त्री आएमा बजारमा नकारात्मक प्रभाव पर्ने लगानीकर्ताको सोर्चा विपरीत अर्थमन्त्री सकारात्मक रहँदा बजारमा सुधार आएको र अर्थमन्त्रीले राष्ट्र बैंकसँग मध्यस्तता गरेर संस्थालाई २० करोडको क्याप खोल्ने र वित्तीय संस्थाहरुलाई अल्पकालिन ट्रेड गर्न दिने हो भने बजारले राम्रै गति लिने काइराला बताउँछन् ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये हाईड्रो समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै वृद्धि लघुवित्त समूहमा देखिएको छ । लघुवित्त समूह आज ४.२१ प्रतिशतले बढ्यो भने बैंकिङ ०.७४, विकास बैंक १.०८, वित्त १.४०,होटल १.१२,लगानी १.२६,जीवन बीमा १.८४,उत्पादन तथा प्रशोधन ०.९१,म्युचुअल फण्ड १.०१,निर्जीवन बीमा १.३४ र अन्य समूह ०.२८ प्रतिशतले बढ्यो ।  

आज हाईड्रो समूहमा मात्रै ०.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज शिवम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको आज २२ करोड ९३ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै सोनापूर मिनरल्सको १८ करोड १३ लाख,जोशी हाईड्रो ७ करोड र हाथवे इन्भेष्टमेन्ट नेपालको ७ करोड २८ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज दुईवटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो ।  

यसैगरी महुली लघुवित्तको सेयरमूल्य ८.७२ प्रतिशत,सपोर्ट माईक्रोफाइनान्सको ८.७१ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ७.९४ प्रतिशतले वृद्धि भएको छ ।  

आज चिरख्वा हाईड्रोको सेयरमूल्यमा सबैभन्दा धेरै अर्थात ७.०६ प्रतिशतको गिरावट आएको छ । यो दिन पिपुल्स पावरको सेयरमूल्य ६.९५,जोशी हाईड्रोका ५.७९ र मध्यभोटे कोशी जलविद्युत कम्पनीके सेयरमूल्य ३.३४ प्रतिशतले घट्यो । 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.