बुधबार, असार १८,२०८२ 09:46:04
  • बुधबार, असार १८,२०८२ 09:46:04
Global IME Bank Limited

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता

Hyundai Nepal
ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

 

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा ९ करोड ३६ लाख बढी रकम प्रभिजन गरेको छ ।  

बैंकको व्यवसाय बिस्तार समेत सुस्ताएको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर ८९ करोड २४ लाखमा सीमित बन्न पुगेको देखिन्छ । ब्याज आम्दानी गत वर्षभन्दा केही बढे पनि खर्च समेत त्योभन्दा धेरैले बढ्दा खूद ब्याज आम्दानीमा प्रभाव परेको देखिएको हो ।  

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिको  इपीएस १५.७६ रुपैयाँ रहेको थियो ।  

अप्ठ्यारो अवस्थामा समेत बैंकले खराब कर्जालाई भने घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.५७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ४.२१ प्रतिशतमा सीमित बन्न पुगेको हो ।  

समीक्षा अवधिसम्म बंैकले ५३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ५० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५१ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ३७ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.०४ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल(वार्षिकीकृत) ०.८७ प्रतिशत रहेको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.