मंगलवार, असार १७,२०८२ 01:43:40
  • मंगलवार, असार १७,२०८२ 01:43:40
Global IME Bank Limited

बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन

Hyundai Nepal
बैंक ब्याजदरमा निरन्तर तीव्र गिरावट, सेयरबजार बढाउने इन्धन
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा देखिएको लगातारको संकुचनका कारण ब्याजदर निरन्तर घटिरहेको देखिएको छ ।  

नेपाल राष्टबैंकले चालु आर्थिक वर्षको पहिलो ७ महिनाको आर्थिक तथा वित्तीय स्वास्थ्यको ताजा रिपोर्ट कार्ड प्रस्तुत गर्ने क्रममा यस्तो देखिएको हो ।  

अघिल्लो आर्थिक वर्षको पहिलो ७ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निक्षेप र कर्जाका ब्याजदर लगातार घटिरहेको देखिएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

केन्द्रीय बैंकका अनुसार २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ ।

२०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो। त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।

बैंकको ब्याजदर र सेयर बजारबीच उल्टो सम्बन्ध हुन्छ । ब्याजदर घट्दा सेयर बजारमा लगानी भित्रिन सपोर्ट हुने ठानिन्छ भने बढ्दा बजारको लगानी समेत बैंकको मुद्दति निक्षेपमा सर्ने ठानिन्छ । यसर्थ सेयर बजारका लागि ब्याजदर लगातार घट्नु सकारात्मक मानिन्छ । अहिलेको अवस्था बजारका लागि निकै सकारात्मक रहेको र ब्याजदर निरन्तर घटिरहेको केन्द्रीय बैंकको रिपोर्टले देखाएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.