Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'

Global IME Bank Limited
बैंकिङ समूहमा उलटफेर: लिडर पछाडि परे, पछि परेका बने 'लिडर'
Nabil Bank Limited

काठमाण्डौ । समय सबैका लागि सधैं एकनाशको हुँदैन । सेयर बजारका कम्पनीहरुको दोश्रो बजार मूल्य घटबढको डेटालाई हेर्ने हो भने यो भनाई अझ सार्थक हुन्छ ।  

कम्पनीहरुको वित्तीय प्रदर्शन, घटबढ भइरहने लाभांश क्षमता, ती कम्पनीका सेयरप्रति लगानीकर्ताको दृष्टिकोण, अर्थतन्त्रको रफ्तार, बजारको माग तथा आपूर्ति लगायतका विषयले बजारमा सूचीकृत कम्पनीहरुको मूल्य र निश्चित समूहमा उनीहरुको स्थान तय हुन्छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

केही साताअघिसम्म मात्र समय यस्तो थियो, जहाँ वाणिज्य बैंक(बैंकिङ) समूहको लिडर कम्पनीको रुपमा नवील र एनआईसी एशिया बैंक निर्विकल्प जस्ता देखिन्थे । अझ केही महिना अगाडिको कुरा गर्ने हो भने बैंकिङ समूहकै ब्लुचिप कम्पनीको रुपमा एनआईसी एशियाको बर्चश्व थियो ।  

तर, बैंकिङ क्षेत्रमा देखिएका अनेकन समस्या र घट्दो लाभांश क्षमता, बढ्दो खराब कर्जाको अनुपात, आर्थिक मन्दी लगायतका कारणले नवील र एनआईसी एशियाकै लाभांश क्षमता कमजोर देखिन थाल्यो । यसको प्रभाव सेयर बजारमा पनि पर्यो ।  

आज दृश्य फेरिएको छ । दोश्रो बजारमा मूल्यको हिसाबले हेर्ने हो भने लामो समयसम्म बजारमा लिडर बनेर बसेका नवील र एनआईसी एशिया बैंक पछाडि परेका छन् ।  

नवील र एनआईसी एशियामय बजारमा लामो समयपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले लिडिङ पोजिसिनको विरासत फर्काउने सफलता पाएको छ ।  

हाल दोश्रो बजार मूल्यको हिसाबले हेर्दा १९ वटा वाणिज्य बैंकमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा अगाडि देखिएको छ । यो बैंकको आइतबारको अन्तिम बिक्रीमूल्य प्रतिकित्ता ५२१.३० रुपैयाँ रहेको छ । यसको बजार पूँजीकरण ४९ अर्ब १५ करोड पुगेको छ ।  

बैंकिङ समूहमा दोश्रो महङ्गो मूल्यको सेयर एभरेष्ट बैंकको रहेको छ । यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५१३.९० रुपैयाँ रहेको छ । एभरेष्ट बैंकको कुल बजार पूँजीकरण ६० अर्ब ४७ करोडभन्दा बढी रहेको छ ।  

नवील बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता ४४९.८० रुपैयाँमा सीमित बन्न पुगेको छ । यो बैंकको कुल बजार पूँजीकरण १ खर्ब २१ अर्ब ७० करोड बढी रहेको छ ।  

एनआईसी एशिया बैंकको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४२० रुपैयाँ रहेको छ । यो बैंकको कुल बजार पूँजीकरण  ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

यसरी हेर्दा यी चार बैंकमध्ये दोश्रो बजार मूल्यका हिसाबले स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट, नवील र एनआईसी एशिया क्रमशः पहिलो, दोश्रो, तेश्रो र चौथो स्थानमा छन् ।  

बजार पूँजीकरणको हिसाबले भने यी चारमध्ये नवील बैंक सबैभन्दा अगाडि देखिएको छ । त्यसपछि एनआईसी एशिया रहेको छ । तेश्रो स्थानमा एभरेष्ट तथा चौथो स्थानमा स्ट्याण्डर्ड चार्टर्ड बैंक छन् ।

किन यस्तो भयो ?

पछिल्लो समय स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकले राम्रो प्रगति गरिरहेका छन् । आर्थिक मन्दीको प्रभावले नवील र एनआईसी एशिया जस्ता बैंकको लाभांश क्षमता घट्दा र खराब कर्जा ह्वात्तै बढ्दा समेत यी दुई बैंकले भने निकै राम्रो प्रगति गरेका छन् ।  

स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको लगातार लाभांश क्षमता पनि सबैभन्दा बढी देखिएको छ । उनीहरुले लगातार लाभांश पनि निकै राम्रो वितरण गरेका छन् ।  

बढी लाभांश वितरण गरेका र भविष्यमा त्यसको अझ बढी सम्भावना देखिएका कारण यी दुई बैंकमा लगानीकर्ताको विशेष आकर्षण यद्यपि छ । यहीकारण बैंकिङ समूहका सूचीकृत कम्पनीहरुमध्ये टप पोजिसिन लिने विषयमा केही महिनाअघि र अहिलेको अवस्थामा उलटफेर भएको देखिन्छ ।  


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.