Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

महको खोला बग्छ यो सानो देशमा, कति हुन्छ निर्यात ?

Global IME Bank Limited
महको खोला बग्छ यो सानो देशमा, कति हुन्छ निर्यात ?
Nabil Bank Limited

काठमाण्डौ । के तपाईलाई थाहा छ, संसारमा सबैभन्दा बढी मह कुन देशबाट निर्यात हुन्छ ? जवाफ हो न्यूजिल्याण्ड ।  

यो सानो देशले सन् २०२२ मा ३३३.३४ मिलियन डलर अर्थात करिब ४४० करोड रुपैयाँ बराबरको मह निर्यात गरेको थियो ।  

हनी सोर्सका अनुसार विश्वको प्राकृतिक मह निर्यातमा न्यूजिल्याण्डको हिस्सा करिब १२ प्रतिशत रहेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मानुका मह निर्यात गर्ने विश्वको एक मात्र देश न्यूजिल्याण्ड हो । मौरीले यो मह विशेष प्रकारको फूलबाट बनाउँछ । यसमा धेरै प्रकारका औषधीय गुण पाइन्छ ।  

यस कारणले गर्दा, विश्वका धेरै देशहरूमा यसको ठूलो माग छ। यो एकदम महँगो बेचिन्छ। नेपालमा यसको ३५० ग्राम प्याकको मूल्य लगभग ७००० रुपैयाँ पर्छ। न्युजिल्याण्डको कुल मह निर्यात आम्दानीमा ८२ प्रतिशत मानुका महको योगदान छ।

मह निर्यातमा न्युजिल्याण्डपछि चीन दोस्रो स्थानमा छ । चीनले वार्षिक करिब २२९.६ मिलियन डलरको मह निर्यात गर्छ। चीनले वार्षिक ५ लाख टन मह उत्पादन गर्छ। विश्वको कुल मह उत्पादनको एक चौथाइ चीनमा उत्पादन हुन्छ।  

यो सूचीमा अर्जेन्टिना तेस्रो नम्बरमा छ । यो देशले सन् २०२० मा १७९.५ मिलियन डलरको मह निर्यात गरेको थियो । यो देशले वार्षिक करिब ७५ हजार टन मह निर्यात गर्छ ।  

अर्जेन्टिनाको मह उच्च गुणस्तरको मानिन्छ। युरोपेली मुलुक जर्मनी र युक्रेन पनि मह निर्यात गर्ने शीर्ष पाँच मुलुकमा पर्छन् । त्यसपछि स्पेन, ब्राजिल र हंगेरी छन्।

यो सूचीमा भारत नवौं नम्बरमा छ । भारतले सन् २०२० मा ८७.५६ मिलियन डलरको मह निर्यात गरेको थियो।  

भारत राष्ट्रिय मौरी बोर्डका अनुसार भारतले आर्थिक वर्ष २०२१ २२ मा १,५५,००० टन मह उत्पादन गरेको छ।  

भारतमा सबैभन्दा बढी मह उत्तर प्रदेश, गुजरात, पञ्जाब, बिहार र मध्य प्रदेशमा उत्पादन हुन्छ। उत्तर प्रदेशको लखिमपुर खेरी, बहराइच, सिद्धार्थनगर र बस्तीमा मह सबैभन्दा बढी उत्पादन हुन्छ। गुजरातको खेडा, आनन्द र बडोदरा, पंजाबको लुधियाना, जालन्धर र अमृतसर, बिहारको वैशाली, मुजफ्फरपुर र समस्तीपुर र मध्य प्रदेशको उज्जैन, इन्दोर र देवासमा मह उत्पादन गरिन्छ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.