काठमाण्डौ । भियतनामको सेयर बजार पछिल्लो ३ वर्षकै उच्च विन्दुमा पुगेको छ । भियतनामको सेयर बजार मापक इन्डेक्स ०.३ प्रतिशतले बढ्दै ३ वर्षकै उच्च कायम भएको हो ।
बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भियतनामबीच व्यापारिक सम्झौता हुने घोषणा गरेसँगै भियतनामको सेयर बजारमा हरियाली छाएको हो ।
यस्तै आज जापानको सेयर बजार पनि बढेको छ । जापानको निक्की२२५ इन्डेक्स ०.०५९ प्रतिशत, दक्षिण कोरियाको कोस्पी १.०४ र चीनको एसएसई कम्पोजिट ०.०७४ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।