बुधबार, कार्तिक ७,२०८१ 08:01:27
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:01:27
IME remit
Global IME Bank Limited

‘ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाईसक्यौ,आज बिदा दिनु आपत्तिजनक’

Hyundai Nepal
‘ग्याल्पो ल्होसार गत माघ २७ गते नै मनाईसक्यौ,आज बिदा दिनु आपत्तिजनक’
Nabil Bank Limited

काठमाण्डौ । सरकाले आज ग्याल्पो ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर शेर्पा समुदायले भने आज ग्याल्पो ल्होसार नभएको जनाएको छ । नेपाल शेर्पा संघ ताप्लेजुङ कार्यसमितिले आज ग्याल्पो ल्होसार नभएको र शेर्पा समूदायले गत माघ २७ गते नै ग्याल्पो ल्होसार मनाईसकेको जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

नेपाल शेर्पा संघ जिल्ला कार्य समितिका अध्यक्ष पासाङ रिता शेर्पा, शेर्पा सञ्चार समूहका अध्यक्ष तेञ्जिङ शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष मिङ्मा खाण्डु शेर्पा र नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष मिङ्मा दिकी शेर्पा नेतृत्वको टोली ताप्लेजुङ जिल्ला प्रशासन कार्यालय गई यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई यस विषयमा अवगत गराउँदै विज्ञप्ती बुझाएका थिए ।  उनीहरूले भविष्यमा यस्तो गल्ती नगर्न प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।  

नेपाल पञ्चांग निर्णायक विकास समितिले तयार गरी प्रकाशन गर्ने पात्रोमा बौद्धमार्गीहरुको महत्वपूर्ण चाडपर्वहरुको तिथिमितिहरुलाई नजरअन्दाज गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘यस वर्ष शेर्पाहरुको महान चाड २१५१ औं ग्याल्पो ल्होसार गत माघ २७ गतेका दिन परेको भएता पनि पञ्चाङग निर्णायक विकास समितिले तयार गरेको पात्रोलाई आधार मानेर नेपाल सरकारले फागुन २८ गते ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा उल्लेख गरी समग्र बौद्ध मार्गीहरुको चाडपर्वको तिथि नै भ्रममा पारिएको छ । यस विषयमा गम्भिर आपत्तिजनाउँदै आगामी दिनमा यस्तो गल्ती नगर्न प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराउदछौं ।’विज्ञप्तीमा उल्लख गरिएको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.