Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश

Global IME Bank Limited
एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश
Nabil Bank Limited

काठमाण्डौ । भारतको सर्वोच्च अदालतले स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)को इलेक्ट्रोल बोण्डसँग सम्बन्धित जानकारी दिने समयसिमा बढाउने माग खारेज गरेको छ ।  

इलेक्ट्रोल बोण्डको जानकारी सार्वजनिक गर्न एसबीआई बैंकले जुन ३० सम्मको समय माग गरेको थियो ।  

यसअघि गत महिना भारतको सर्वोच्च अदालतको ५ जना न्यायधिसको इजालासले इलेक्ट्रोल बोण्डलाई असंवैधानिक भन्दै रद्द गरेको थियो ।  एसबीआई बैंक इलेक्ट्रोल बोण्ड बिक्री गर्ने एक मात्रै अधिकृत बैंक हो । सर्वोच्च अदालतले बैंकलाई सन् २०२४ को मार्च १२ सम्म सन् २२०१९ देखि अहिलेसम्म खरिद भएको इलेक्ट्रोल बोण्डको जानकारी निर्वाचन आयोगलाई दिन आदेश दिएको थियो ।  

यहि विषयमा एसबीआई बैंकले जानकारी उपलब्ध गराउने मिति जून ३० गतेसम्म बढाउन माग गरेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज सोमबार भारतको सर्वोच्च अदालतले मार्च १२ गतेसम्म इलेक्ट्रोल बोण्डको जानकारी निर्वाचन आयोगलाई दिन र यसको जानकारी मार्च १५ गते साझ ५ बजेसम्म बैंकको आधिकारीक वेवसाइटमा राख्न आदेश दिएको छ ।  

एसबीआई बैंकले इलेक्ट्रोल बोण्डको जानकारी अज्ञात राखेको थियो । जसलाई अदालतले अनुच्छेद १९(१)(ए)को उल्लंघन भएको जनाएको छ ।  

इलेक्ट्रोल बोण्ड राजनीतिक दलहरुलाई चन्दा दिने एउटा वित्तीय माध्यम हो । यो एउटा वचनपत्र जस्तै हो । जसलाई भारतका कुनै पनि नागरिक वा कम्पनीले एसबीआई बैंकको केहि निश्चित शाखाहरुबाट खरिद गर्न सक्ने र आफ्नो मन परेको कुनै पनि राजनीतिक पार्टीलाई गोप्य रुपमा चन्दा दिन सक्ने व्यवस्था रहेको छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यो इलेक्ट्रोल बोण्डको घोषणा सन् २०१७ मा गरेका थिए । यो योजना सन् २०१८ जनवरी २९ देखि लागू भएको थियो ।  

एसबीआई बैंकले चुनावी बोण्डलाई डिकोड गर्न र दाताको चन्दा मिलान गर्न समय लाग्ने र यो प्रक्रिया जटिल र समय लाग्ने खालको भएको जनाएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.