Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?

Global IME Bank Limited
रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?
Nabil Bank Limited

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतको सबैभन्दा ठूलो र विविधिकृत व्यवसाय भएको कम्पनी हो । भारतीय धनाढ्य मुकेश अम्बानीको यो कम्पनीले उर्जा,पेट्रोकेमिलक,दुरसञ्चार,रिटेल,मिडिया र डिजिटल सर्भिसेस जस्ता क्षेत्रहरुमा व्यवसाय गर्दै आएको छ ।  

रिलायन्स इन्डस्ट्रीज धीरुभाई अम्बानीले स्थापना गरेको कम्पनी हो । उनले एउटा सानो व्यापारीको रुपमा यात्राको थालनी गर्दै भारतमा आफ्नो व्यवसायको साम्राज्य खडा गरेर भारतको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए ।  

वर्तमान समयमा रिलायन्स इन्डस्ट्रीजलाई धीरुभाईका जेठा छोरा मुकेश अम्बानीले नेतृत्व गरिरहेका छन् । मुकेश पनि भारतको सबैभन्दा धनाढ्य तथा विश्वको १० औं धनी व्यक्ति हुन् ।  

सन् २०१९ जुन ३० सम्म रिलायन्समा मुकेश अम्बानी र उनको निजी कम्पनीहरुको ४७.२९ प्रतिशत स्वामित्व रहेको थियो । तर अहिले यो वृद्धि भएर ४८.८७ प्रतिशत पुगेको छ । रिपोर्टका अनुसार कम्पनीमा मुकेश अम्बानीको व्यक्तिगत ७५ लाख कित्ता अर्थात ०.१२ प्रतिशत स्वामित्व छ ।  

मुकेश अम्बानीका भाई अनिल अम्बानीको रिलायन्स इन्डस्ट्रीजमा कुनै प्रत्यक्ष स्वामित्व छैन । सन् २००५ मा व्यवसाय बाँडफाँड भएपछि अनिलले रिलायन्स ग्रुपको नेतृत्वको जिम्मेवारी पाएका थिए ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मुकेश अम्बानीकी श्रीमिती निता अम्बानी रिलायन्स फाउण्डेशनको संस्थापक तथा अध्यक्षको रुपमा रहेकी छिन् । यसका साथै उनी रिलायन्स इन्डस्ट्रीजको बोर्डको डाइरेक्टर समेत छिन् । निताको पनि रिलायन्स इन्डस्ट्रीजमा ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।  

मुकेश अम्बानीका तीन सन्तान आकाश,इशा र अनन्त पनि रिलायन्स इन्डस्ट्रीजको विभिन्न व्यवसायमा संलग्न छन् । आकाश र इशा रिलायन्स इन्डस्ट्रीजको टेलिकम सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको डाइरेक्टर हुन् ।  

यस्तै अनन्त पनि रिलायन्स रिटेल भेन्चरको डाइरेक्टर हुन् । यी तीनैजनाको रिलायन्स इन्डस्ट्रीजमा समान ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।  

यद्यपी रिलायन्स इन्डस्ट्रीजमा सबेभन्दा धेरै स्वामित्व भने न त मुकेश अम्बानीको छ न त उनकी पत्नी वा उनका छोराछोरीको नै । कम्पनीमा सबैभन्दा धेरै स्वामित्व धीरुभाई अम्बानीकी श्रीमती अर्थात मुकेश अम्बानीकी आमा कोकिलावेन अम्बानीको छ । कम्पनीमा उनको ०.२४ प्रतिशत स्वामित्व छ । उनको नाममा कम्पनीको १.५७ करोड कित्ता सेयर छ ।  

कम्पनीको दैनिक सञ्चालनमा कोकिलावेनको प्रत्यक्ष संलग्नता नरहेपनि अम्बानी परिवारमा उनको प्रभावलाई नजरअन्दान भने गर्न सकिदैन । सन् २००५ मा दुई छोराबीच भएको व्यवसायिक पारिवारिक कलहलाई साम्य पार्न उनले मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले त्यसबेला दुई छोरा मुकेश र अनिललाई व्यवसायको बाँडफाँड गरेकी थिइन् ।  -एजेन्सी


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.