मंगलवार, आश्विन १३,२०८३ 12:30:21
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 12:30:21
Bizshala
Global IME Bank Limited

रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?

Bizshala
रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?
New Office

काठमाण्डौ । रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतको सबैभन्दा ठूलो र विविधिकृत व्यवसाय भएको कम्पनी हो । भारतीय धनाढ्य मुकेश अम्बानीको यो कम्पनीले उर्जा,पेट्रोकेमिलक,दुरसञ्चार,रिटेल,मिडिया र डिजिटल सर्भिसेस जस्ता क्षेत्रहरुमा व्यवसाय गर्दै आएको छ ।  

रिलायन्स इन्डस्ट्रीज धीरुभाई अम्बानीले स्थापना गरेको कम्पनी हो । उनले एउटा सानो व्यापारीको रुपमा यात्राको थालनी गर्दै भारतमा आफ्नो व्यवसायको साम्राज्य खडा गरेर भारतको सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका थिए ।  

वर्तमान समयमा रिलायन्स इन्डस्ट्रीजलाई धीरुभाईका जेठा छोरा मुकेश अम्बानीले नेतृत्व गरिरहेका छन् । मुकेश पनि भारतको सबैभन्दा धनाढ्य तथा विश्वको १० औं धनी व्यक्ति हुन् ।  

सन् २०१९ जुन ३० सम्म रिलायन्समा मुकेश अम्बानी र उनको निजी कम्पनीहरुको ४७.२९ प्रतिशत स्वामित्व रहेको थियो । तर अहिले यो वृद्धि भएर ४८.८७ प्रतिशत पुगेको छ । रिपोर्टका अनुसार कम्पनीमा मुकेश अम्बानीको व्यक्तिगत ७५ लाख कित्ता अर्थात ०.१२ प्रतिशत स्वामित्व छ ।  

मुकेश अम्बानीका भाई अनिल अम्बानीको रिलायन्स इन्डस्ट्रीजमा कुनै प्रत्यक्ष स्वामित्व छैन । सन् २००५ मा व्यवसाय बाँडफाँड भएपछि अनिलले रिलायन्स ग्रुपको नेतृत्वको जिम्मेवारी पाएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मुकेश अम्बानीकी श्रीमिती निता अम्बानी रिलायन्स फाउण्डेशनको संस्थापक तथा अध्यक्षको रुपमा रहेकी छिन् । यसका साथै उनी रिलायन्स इन्डस्ट्रीजको बोर्डको डाइरेक्टर समेत छिन् । निताको पनि रिलायन्स इन्डस्ट्रीजमा ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।  

मुकेश अम्बानीका तीन सन्तान आकाश,इशा र अनन्त पनि रिलायन्स इन्डस्ट्रीजको विभिन्न व्यवसायमा संलग्न छन् । आकाश र इशा रिलायन्स इन्डस्ट्रीजको टेलिकम सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको डाइरेक्टर हुन् ।  

यस्तै अनन्त पनि रिलायन्स रिटेल भेन्चरको डाइरेक्टर हुन् । यी तीनैजनाको रिलायन्स इन्डस्ट्रीजमा समान ०.१२ प्रतिशत स्वामित्व रहेको छ ।  

यद्यपी रिलायन्स इन्डस्ट्रीजमा सबेभन्दा धेरै स्वामित्व भने न त मुकेश अम्बानीको छ न त उनकी पत्नी वा उनका छोराछोरीको नै । कम्पनीमा सबैभन्दा धेरै स्वामित्व धीरुभाई अम्बानीकी श्रीमती अर्थात मुकेश अम्बानीकी आमा कोकिलावेन अम्बानीको छ । कम्पनीमा उनको ०.२४ प्रतिशत स्वामित्व छ । उनको नाममा कम्पनीको १.५७ करोड कित्ता सेयर छ ।  

कम्पनीको दैनिक सञ्चालनमा कोकिलावेनको प्रत्यक्ष संलग्नता नरहेपनि अम्बानी परिवारमा उनको प्रभावलाई नजरअन्दान भने गर्न सकिदैन । सन् २००५ मा दुई छोराबीच भएको व्यवसायिक पारिवारिक कलहलाई साम्य पार्न उनले मध्यस्तकर्ताको महत्वपूर्ण भूमिका खेलेकी थिइन् । उनले त्यसबेला दुई छोरा मुकेश र अनिललाई व्यवसायको बाँडफाँड गरेकी थिइन् ।  -एजेन्सी

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.