Nabil Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी,१५ लाख रुपैयाँमा हुन्छ उपचार

Hyundai Nepal
मृगौला प्रत्यारोपणका लागि नेपाल मडिसिटी,१५ लाख रुपैयाँमा हुन्छ उपचार
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमाकूल जनसंख्याको १० प्रतिशत अर्थात करीब ३० लाखमानिसमाकुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्नअध्ययन अनुसन्धानहरुले देखाएको छ । यीमध्ये तीनलाखमानिसको मृगौलाका दीर्घरोग रहेको छ । हरेक वर्ष नेपालमा मृगौलाका ३ हजार नयाँ बिरामीहरु डायलासिसका लागिथपिने गरेका छन् ।  

दुबै मृगौला खराब भइसकेपछि गरिने डायलासिस पनिजिन्दगीभर गनुपर्ने हुन्छ र यसको उपयुक्तउपचार भनेकै मृगौलाप्रत्यारोपणलाई मानिन्छ । तर प्रत्यारोपण गर्न बिरामीको घर जमिनबिक्री त हुन्छ नै तर समयमै प्रत्यारोपण गर्न अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था रहन्छ ।  

Shivam Cement
Sagarmatha Cement

यही समस्यालाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालमा २०७९ माघबाट मृगौलाप्रत्यारोपण सेवा सुरु गरिएको छ ।हालसम्म अस्पतालमा २३ जना बिरामीको मृगौलाप्रत्यारोपण गरिसकेको छ । अस्पतालमा १७ वर्षको युवा देखि ६५ वर्षका वृद्धको सफल रुपमा प्रत्यारोपण गरिएको छ ।

बुटवल, पोखरा, काठमाडौं, रामेछाप, इलाम, दाङ, अर्घाखाँची, हेटौडा जस्ता ठाउँहरुबाट प्रत्यारोपणका लागि अस्पतालमा आउने गरेका छन् ।  

प्रत्यारोपण भइसकेका बिरामीहरुमा आफ्नै आमाले छोरालाई, श्रीमान्ले श्रीमतीलाई र श्रीमतीले श्रीमान्लाई, भिनाजुले सालीलाई, सासूले ज्वाईंलाई र सानोबुबाले छोरीलाई मृगौला दिएका छन् । मृगौला दान गर्नेहरुमा १८ वर्षको दाता देखि ६५ वर्ष सम्मकादाताहरु रहेका छन् ।  

त्यस्तै, मृगौलादान गर्नेमा महिला बढि रहेका छन् । दान गर्नेमा १६ जना महिला र ७ जनापुरुष रहेका छन् भने मृगौला ग्रहण गर्नेमा १६ जना पुरुष र ७ जना महिला रहेका छन् ।

अस्पतालमा प्रत्यारोपण गर्न आएका अधिकाशं बिरामीहरुको मृगौला बिग्रनुको प्रमुख कारण उच्च रक्तचाप र मधुमेह रहेको नेफ्रोलोजी तथा मृगौलाप्रत्यारोपण विभागका प्रमुख डा. प्रकाश पौडेलले बताए ।  

‘२३ जनामा अधिकाशं उच्च रक्तचाप र मधुमेहकै कारण मृगौला बिग्रेर उपचारका लागि आएका थिए । अर्को कारण भनेको ग्लोमेरुलो नेफ्राइटीस्, शरीरमाप्रोटिनको मात्रा बढि भएर लिकेज हुनथालेपछि मृगौलाबिग्रेर जान्छ,’ डा पौडेलले भने ।

यतिमात्र नभई प्रत्यारोपणका लागि विदेशबाट काम गरेर फर्केका व्यक्तिहरुको संख्या पनि बढेको छ । विशेषगरी खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा यो समस्या देखिएको छ । ५ जना मृगौला प्रत्यारोपण भएका व्यक्तिहरु कतार, दुवईबाट फर्केर उपचारका लागि आएका छन् ।  

निकै गर्मीमा काम गर्ने तथा पानीको कमीका कारण खाडी मुलुकमा काम गर्न गएका व्यक्तिहरुमा मृगौलाको समस्या बढि देखिएको डा पौडेलले बताए ।  

प्रत्यारोपण गर्न सरकारले ५ लाखसम्मको उपचार खर्च प्रदान गर्ने गरेको छ । विभिन्न उपचार खर्च जोड्दा बिरामीकोे कूलखर्च ७ देखि ८ लाख पर्ने अस्पतालले जनाएको छ । तर निकै लामो समयसम्म कुर्नुपर्ने अवस्था रहिआएको छ । नेपाल मडिसिटी अस्पतालमा प्रत्यारोपण देखि सम्पूर्ण उपचार खर्च १५ लाखसम्ममा हुने मृगौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले बताए ।  

‘यहाँ ल्याप्रोस्कोपी विधिबाट उपचार गरिन्छ, जसका कारण मृगौलादाता तथा ग्रहणकर्तालाई दुखाई पनि कम हुन्छ भने बिरामी चाँडै निको भएर घर जान पाउँछन्,’ डा. काफ्लेले भने ।  

मृगौलादाता ३ देखि ४ दिनमा र ग्रहणकर्ता ६ देखि ७ दिनमा डिस्चार्ज हुने गरेका छन् ।  

मृगौला प्रत्यारोपण गर्नु अगाडी धेरै थरीका टेस्ट गर्नुपर्ने हुन्छ । एउटै परिवारमा पनि मृगौला दिन नमिल्ने हुन सक्छ । त्यसैले अस्पतालमा पिएर किड्नी एक्सचेन्जको पनि सुविधा रहेको छ । हालसम्म १५० भन्दा बढि बिरामीहरु प्रत्यारोपणका लागि अस्पताल आएकामध्येमात्र २३ जनाको सफलप्रत्यारोपण गरिएको हो भने ९ जनाप्रत्यारोपणका लागि कुरिरहेका छन् । ’ उनले भने  ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
CG Motors
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.