बिहीबार, मंसिर ४,२०८२ 07:57:42
IME remit
  • बिहीबार, मंसिर ४,२०८२ 07:57:42
IME remit
Global IME Bank Limited

कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर,कुनमा कति पाइन्छ ?

Hyundai Nepal
कुमारी बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर,कुनमा कति पाइन्छ ?
Shivam Cement

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ भने संस्थागततर्फ भने बढाएको छ ।  

चैत महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर पाउने छन् । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो । 

New Office
Garima Development Bank
Laxmi Sunrise Bank Limited

चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिना अवधिका लागि ६.१० प्रतिशत,३ महिनादेखि ६ महिना अवधिका लागि ६.५१ प्रतिशत,६ महिनादेखि १ वर्षसम्मका लागि ७.१० प्रतिशत र १ वर्ष अवधिका लागि ७.१० प्रतिशत ब्याजदर पाउनेछन् ।  

त्यस्तै संस्थागत तर्फ फागुन महिनामा अधिकतम ६.०१ प्रतिशत ब्याजदर पाएका बैंकका संस्थागत ग्राहकले चैत महिनामा भने अधिकतम ६.५१ प्रतिशत ब्याजदर पाउने छन् । संस्थागत गा्रहकले ६ महिनादेखि १ वर्ष अवधिका लागि मुद्दती निक्षेपमा ५.१० प्रतिशत र १ वर्षभन्दा माथिको अवधिका लागि भने ६.५१ प्रतिशत ब्याजदर पाउने छन् ।  

Shivam Cement
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.