Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?

Global IME Bank Limited
एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर ६.८५% ले बढायो, कुनमा कति पाइन्छ ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया बैंकले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत कायम गरेको छ । जुन फागुन महिनामा प्रदान गरिएको अधिकतम ब्याजदरको तुलनामा ६.८५ प्रतिशतले धेरै हो । बैंकले फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत ब्याजदर दिएको थियो ।  

बैंकले चैत महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ७.५० प्रतिशत,३ महिनादेखि १२ महिनाका लागि ८.१०० प्रतिशत,१२ महिनाका लागि ८.२५० प्रतिशत,१२ देखि १८ महिनासम्मका लागि पनि ८.२५० प्रतिशत र १८ महिनादेखि १८० महिनासम्मका लागि ८.५४८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि वृद्धि गरेको छ । फागुन महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले चैत महिनाका लागि भने ७.५४८ प्रतिशत प्रदान गर्ने भएको छ ।  

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ७.२०० प्रतिशत र १२  महिना वा १२ महिनादेखि १८० महिनासम्मका लागि ७.५४८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.