Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि

Global IME Bank Limited
एनआईसीद्वारा निक्षेपको ब्याजदरमा भारी बढोत्तरी, वाणिज्य बैंकको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर घट्दा संस्थागतको वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बीस वाणिज्य बैंकहरुमध्ये अधिकांशले चैतका लागि ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।  

उनीहरुमध्ये अधिकांशले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपकै ब्याजदर फागुनको तुलनामा घटाएर प्रकाशित गरेका हुन् ।  

तर, एनआईसी एशिया बैंकले भने व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपतर्फकै ब्याजदर बढाएर प्रकाशित गरेको छ ।  

केही बैंकले व्यक्तिगत र मुद्दति निक्षेपको फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

व्यक्तिगत मुद्दति निक्षेपतर्फको ब्याजदर बढाउने एनआईसी एशिया एउटा मात्र बैंक हो । ग्लोबल आईएमई र प्रभू बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर फागुनकैलाई निरन्तरता दिएका छन् । बाँकी सबैले घटाएका छन् ।  

यस्तै, संस्थागत मुद्दति निक्षेपतर्फ अधिकांशले ब्याजदर बढाएका छन् । त्यसमा पनि एनआईसी एशियाले फागुनको तुलनामा २५.८ प्रतिशतले ब्याजदर बढाएको छ । योसहित ९ वटा वाणिज्य बैंकले संस्थागततर्फ निक्षेपको ब्याजदर बढाएर प्रकाशित गरेका छन् । ५ बैंकले फागुनकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी ६ बैंकले घटाएका छन् ।  

समग्रमा वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदर घटेको छ । फागुनको तुलनामा चैतका लागि तोकिएको ब्याजदरमा व्यक्तिगत मुद्दतितर्फ ६.४९८९ प्रतिशतले औसत ब्याजदर घटेको छ ।  

संस्थागत मुद्दतितर्फको ब्याजदर भने औसत ४.५३६२ प्रतिशतले बढेको छ ।  

बाँकी टेबलमा हेर्नुहोस्:

वाणिज्य बैंकहरुले फागुन र चैतमा निर्धारण गरेका निक्षेपको ब्याजदरबीचको तुलनात्मक अवस्था । 

Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.